सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई ३५ दिनभित्र खर्चको विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार बनेकाहरूलाई खर्चको विवरण ३५ दिनभित्र बुझाउन निर्देशन दिएको जनाएको छ ।

विवरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्न पनि भनेको छ । उसले उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्न निर्देशन दिएको छ ।

१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फः

(क) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेछ।

Mahakali Polytechnic

(ख) खण्ड (क) बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हदबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयको खर्चको विवरण उल्लेख गरी निर्वाचन खर्चको विवरण बुझाउनुपर्नेछ।

World Link Ads

(ग) उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ।

Sana Kishan

(घ) निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन भएको मितिले पन्ध्र दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भएकोले सो समेत उल्लेख गर्नु पर्नेछ।

२. समानुपातिक निर्वाचन प्रणालीतर्फः

(क) समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेस गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ।

(ख) खण्ड (क) बमोजिम निर्वाचन खर्चको विवरण पेस गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन (हेलिकप्टर प्रयोग गरेको भए सोसमेत), प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयको खर्च उल्लेख गर्नुपर्नेछ।

(ग) राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ।

३. बुँदा नम्बर १ र २ बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्ने सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउने प्रयोजनार्थ कार्यालयमा सूचना प्रकाशन गर्ने र सोहीबमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको आईआईएमएस प्रणालीमा अभिलेख राखी सो सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने। उपहार खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.