सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा काँग्रेसका रमेश लेखक भारीमतको अन्तरले निर्वाचित

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३मा काँग्रेस केन्द्रीय सदस्य एवपुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्दी एव निर्वतमान संसद निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन । लेखकले ३० हजार, ५सय २३ र पालले १८ हजार, ४सय ४८मत पाएका छन ।

अधिल्लो पटक ०७४मा लेखकले २६ हजार १०६मत पाएका थिए । यस अघि (काँग्रेस–माओवादी)विच गठबन्धन हुँदा लेखकले ४ हजार ४१७बढी मत ल्याएका छन । उक्त निर्वाचन क्षेत्रबाट १२ उम्मेदवार चुनावी मैदानमा थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुकारले २ हजार २८, नेपाल मजदुर किसान पाटीका जानकी देवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका शुशिला देवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलक प्रशाद जोशीले २सय १६, हाम्रो नेपाली पाटीका दुर्थादत्त पाण्डेयले २सय ७८, काँग्रेसकै बागी दिपक सिहले १ हजार, १४३, काँग्रेसकै बागी मदन दमाई २सय ५२, काँग्रेसकै अर्की बागी शारदा देवी चन्दले ७सय ३८ र स्वतन्त्र उम्मेदवार शुभाष सिह धामीले १०५मत ल्याएका छन । उक्त निर्वाचन क्षेत्रमा ९७ हजार, ८सय २२मतदाता मध्ये कुल ५७ हजार ७५८मत खसेका थिए, जसमध्ये ५४ हजार ५९ सदर र ३ हजार ६सय ९९म तबदर भएका थिए । जनसरोकार पोस्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.