नेकपा एमाले कञ्चनपुर निर्वाचन क्षेत्र १(क) प्रदेश सभा सदस्यका उम्मेदवार बीर बहादुर थापा(पातल)ले लालझाडीमा निरन्तर घरदैलो अभियान संचालन गरेका छन ।
एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार थापाले आफ्नो निर्वाचन क्षेत्र अन्र्तरगत पर्ने लालझाडी गाँउपालिकाका विभिन्न वडा बस्तीहरुमा घरदैलो अभियान संचालन गरेका हुन । थापाले शनिबारदेखि निरन्तर लालझाडीमा चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका छन । ‘मैले लालझाडी र पुर्नवासका विभिन्न वडा बस्ती, गाँउघरमा आफ्ना चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा खटिएको छु, ‘पुनर्वास र लालझाडीमा निरन्तर चुनावी अभियान जारी गरेको छु ।’ चुनाव अभियानमा एमाले नेता कार्यकर्ता सहितको उपस्थितिमा गरिरहेको उनले बताए । घरदैलो अभियानमा नागरिकले जनताको मुक्तिका लागि जनयुद्धदेखि संघर्ष गर्दै आएका थापालाई संघर्षशिल नेताकै रुपमा लिएका छन । जनसरोकार पोस्ट बाट सभार









Discussion about this post