Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिल्लोचाप्लो खानाले पेट ढुस्स भए के छ घरेलु उपचार ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चिल्लोचाप्लो, मसालेदार खाना सहजै पच्दैन । एकातिर चिल्लोचाप्लो अनेकथरी व्यञ्जन, त्यसमाथि भोक नलागे पनि पटकपटक खानुपर्ने । यस किसिमको खानपानले पेट बिगार्ने नै भयो । कतिलाई अपचको समस्या भने कतिलाई पखालाको । कतिको पेट ढुस्स भएको हुनसक्छ, कतिलाई ग्यास्ट्रिकले सताएको हुनसक्छ ।

यस्तो अवस्थामा के गर्ने त ? पेट कसरी ठीक पार्ने ? के यसको कुनै घरेलु उपचार विधि छन् त ?

चिल्लोचाप्लो खानाले पेटलाई सास्ती

धेरै मात्रामा चिल्लोचाप्लो खानाको सेवन गर्दा शरीरलाई त्यो चिल्लो पदार्थ पचाउन गाह्रो हुन्छ । राम्ररी खाना नपचेपछि पेट ढुस्स हुने, मुखमा अमिलो पानी आउने र पेट दुख्ने, पोल्नेजस्ता समस्या देखिन सक्छन् । चाडबाडको बेलामा मात्रै पनि धेरै चिल्लो प्रयोग भएको खानेकुरा खायो भने पाचन सम्बन्धी यस्ता सामान्य समस्या देखिन्छ ।

लामो समयसम्म धेरै चिल्लो खानेकुरा सेवन ग¥यो भने कालान्तरमा ग्यास्ट्रिक, कलेजोमा बोसो जम्ने समस्या ‘फ्याटी लिभर’ चिल्लोले कोलेस्टेरोल बढेर मुटुको समस्या समेत देखिन सक्छ ।

ढुस्स पेटको घरेलु उपचार

चिल्लो खानाका कारण ढुस्स भएको पेटको लागि ज्वानो पानीको सेवन सबैभन्दा प्रभावकारी घरेलु उपचार हो । ज्वानोलाई हल्का भुटेर त्यसलाई चपाएर खाएर मनतातो पानीको सेवन ग¥यो भने पेट ढुस्स हुने समस्या कम हुन्छ । ज्वानोले पेटमा जम्मा भएको चिल्लोलाई काटेर केही राहत प्रदान गर्छ । ज्वानोलाई पानीमा पकाएर पनि सेवन गर्न सकिन्छ ।

साथै जिराको धुलो र मनतातो पानीको सेवनले पनि पेट ढुस्स भएको समस्या कम हुन्छ । बिरे नुन र पानीलाई उमालेर त्यसको सेवन गर्दा ढुस्स भएको पेटलाई सञ्चो गर्छ । कागती पानीको सेवनले पनि यस्तो समस्या कम गर्छ ।

घरेलु औषधि कति प्रभावकारी ?

चाडबाडको समयमा धेरै चिल्लो खानेकुरा खाएर पेट ढुस्स हुने समस्याका लागि घरेलु उपाय नै बढी प्रभावकारी हुन्छ । धेरै चिल्लो खानाको सेवनले पेट ढुस्स भएको बेला प्राथमिक उपचारको रूपमा यस्ता घरेलु औषधिको सेवन गर्न सकिन्छ । लामो समयसम्म यस्तो समस्या देखियो भने अन्य उपचार गर्नुपर्छ, तर छोटो अवधिमा यस्तो समस्या देखिएको छ भने घरेलु उपाय पनि प्रभावकारी हुन्छ ।

कसरी र कति मात्रामा ?

पेट ढुस्स भए १ देखि २ ग्राम ज्वानो, बिरे नुन वा जिरालाई पानीसँग सेवन गर्नुपर्छ । बढी चिल्लोचाप्लो खाना खाएपछि यस्तो समस्या देखिने भएकाले खानाअघि भन्दा पनि खानापछि नै यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।

ज्वानो, जिरा, कागती र बिरे नुनले पाचन क्षमतालाई राम्रो बनाएर खानालाई राम्ररी पचाउन सहयोग गर्छ । जसले गर्दा पेट ढुस्स हुने फुल्ने समस्या कम हुन्छ । त्यसैले खानापछि नै यस्ता घरेलु औषधिको सेवन गर्नुपर्छ ।

पेटलाई बोझिलो बनाउने खानपान

धेरै चिल्लोचाप्लो खानाको कारण पेट ढुस्स भएको हुनाले यस्तो बेला तेलमा तारेको भुटेको खानेकुरा नखानु नै उचित हुन्छ । बाहिरको जंकफुड र प्याकेट फुडको सेवन पनि गर्नु हुँदैन यस्ता खानामा झन् बढी नुन, अजिनामोटो र बासी तेलको प्रयोग गरिएको हुन्छ, जसले झन् समस्या निम्ताइदिन सक्छ ।

मदिरा र कोल्ड ड्रिंकको सेवनले पनि समस्यालाई बढाउन सक्छ । त्यसैले मदिरा र कोक फन्टाजस्ता कोल्ड ड्रिंकको सेवन गर्नु हुँदैन । यस्तो बेला सादा र सन्तुलित खाना खानुपर्छ । सागपात र फलफूल प्रशस्त मात्रामा खानुका साथै रेसायुक्त खानेकुरा खानुपर्छ ।

पेट ढुस्स भइरहँदा हुने जोखिम

पेट ढुस्स भइरहँदा त्यसकै कारण ग्यास्ट्रिक, पेट दुख्ने, कब्जियत, छाती पोल्नेजस्ता समस्या देखा पर्छ । धेरै चिल्लो खानाको सेवनले लामो समयसम्म यस्तो समस्या देखिरह्यो भने चिल्लोकै कारण कोलेस्टेरोल बढ्ने, कलेजोमा बोसो जम्ने समस्या आउन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ कार्तिक १८, शुक्रबार ०५:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व