Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको बेलौरीमा शिक्षकहरूलाई लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, ०१ कार्तिक । कञ्चनपुरको बेलौरीमा लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बेलौरी क्षेत्र भित्रका माध्यमिक विद्यालयमा कार्यरत स्वास्थ्य शिक्षा विषय शिक्षकहरूका लागि लागु औषध नियन्त्रण तथा रोकथाम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा शाखाका प्राविधिक सहायक अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो साबिक बेलौरी स्रोत केन्द्र भवनमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी निरीक्षक भण्डारीले लागू औषध तथा मदिराको पछिल्लो अवस्था, प्रयोगकर्ताको तथ्याङ्क, असर, रोकथाम र नियन्त्रणका उपाय, नियन्त्रणमा देखिएका समस्या तथा चुनौती र विडम्बनाका सन्दर्भमा प्रकाश पार्नुभयो ।

 

सोही कार्यक्रममा लागु औषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्द, नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य प्रेमसिंह ठगुन्ना, सिद्धेश्वर जय पृथ्वी क्लबका अध्यक्ष पदम बहादुर शाहले लागु औषध नियन्त्रण सम्बन्धी गरिरहेका गतिविधि र आआफ्ना अनुभव सुनाउनु भयो ।

लागु औषध नियन्त्रणका सवालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी, लागु औषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्द र नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य प्रेमसिंह ठगुन्नालाई उक्त कार्यक्रममार्फत सम्मान पत्र प्रदान गरिएको छ ।

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकको सभापतित्व तथा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बेलौरी नगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरू, लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशील सामाजिक सङ्घसंस्थाहरू र सञ्चारमाध्यमका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख जोगराम चौधरीले शिक्षकहरूको माध्यमबाट विद्यार्थीहरूलाई लागु औषध र यसको असरबारे सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, बेलौरीका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रमबाट प्राप्त जानकारी विद्यालय मार्फत अन्य शिक्षक, विद्यार्थी र अभिभावकसम्म पु¥याउन अनुरोध गर्नुभयो ।हरिश्चन्द्र बाग र हिक्मत कुमार शाहीले नेपाल बोधमा लेखेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व