Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जीवितमा हुलाक टिकट र सिक्कामा छापिने पहिलो व्यक्ति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३१, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ः नेपाली एक हजारको नोटमा किन हात्तीको चित्र ? कसले किन, हात्ती नै छान्यो होला ? धेरैको मनमा यो प्रश्न हुन सक्छ। हात्तीको चित्र राख्ने प्रस्तावक थिए, संस्कृतिविद् सत्यमोहन जोशी। उनी कागजी नोटमा राखिने चित्र लगायतको डिजाइनको सुझावकर्ता थिए। हजारको नोटमा हात्तीको चित्र राख्दा बढी महत्व हुन्छ भन्ने तर्क संस्कृतिविद् जोशीको भनाइ थियो।

नेपाली मुद्राको सबैभन्दा ठूलो नोट हजारको भएकाले हात्तीलाई बढी ‘वेट’ दिनुपर्छ भन्ने उहाँको भनाइ थियो– राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने। पछि कतिपय हजारको नोटमा हात्तीको चित्र फरक प¥यो। जोशीले नै ‘अफ्रिकन हात्ती’ को चित्र छापिएको भनेर सच्याउन सुझाव दिएको पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए। ‘जोशीको भनाइ पछि हात्तीको चित्र सच्याइएको थियो,’ डा. खतिवडाले भने, ‘यस्ता कतिपय घटनामा पुराना गल्तीहरू पनि सच्याउनुभएको थियो।’

जोशीले १, २, ५, १०, २०, ५०, १००, ५०० दरका नोटमा राखिने चित्र तथा डिजाइनमा महत्वपूर्ण सुझाव दिएका थिए। जोशीका सुझावले समितिलाई डिजाइनबारे निष्कर्ष निकाल्न सजिलो बनाउने गरेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए। कमिटी गभर्नरको अध्यक्षतामा विभिन्न सरोकारवालासहित ९ जना हुन्छन्। तर, जोशी जत्तिको जानकार भएको व्यक्ति विरलै भएको कार्यकारी निर्देशक नेपालको भनाइ छ।
शताब्दी पुरुष जोशीको नेपाली भाषा, साहित्य, संस्कृतिसँगै मुद्रामा पनि महत्वपूर्ण योगदान रहेको थियो। एउटा साहित्यिक संस्थाले उनको अवदानको कदर गर्दै ०७१ सालमा ९५ वर्षको हुँदा ‘शताब्दी पुरुष’ घोषणा गरी त्यो उपाधिलाई सरकारी स्तरबाट पनि औपचारिक मान्यता दिइयोस्’ भन्ने प्रस्ताव राख्यो। त्यसैअनुसार २१ वैशाख ०७४ मा सरकारले उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधिले विभूषित ग¥यो।

सम्मानमा उनको तस्बिर अंकित चाँदीको सिक्कासमेत निकालियो। उनको जीवनकालमै तस्बिर अंकित हुलाक टिकट प्रकाशित भयो। करिब ५० वर्षदेखि नेपालको मुद्रा सिक्का र कागजी नोटको डिजाइनमा, कला, संस्कृति, भाषा, ऐतिहासिक तथ्यका बारेमा सो कमिटीमा रहेर जोशीले करिब १० ओटा गभर्नरहरूलाई सेवा दिइसकेको पूर्वगभर्नर डा. खतिवडा बताउँछन्।

मुलुकका हरेक दरका नोटहरूमा भएका मन्दिरहरू, राष्ट्रिय तथा महत्वपूर्ण जनावरहरू लगायतको प्रमाणीकता, अन्तर्राष्ट्रिय स्तरमा भएका जनावरमध्य नेपाली जनावरको पहिचान गर्ने, कतिपय मन्दिरहरूको प्रमाणीकता तथ्यपरक विषयदेखि भाषा मिलाउने लगायतको काम गरेर नेपाली मुद्राको इतिहासमा जोशीको ठूलो योगदान रहेको डा. खतिवडा बताउँछन्।

‘म गभर्नर हुँदा पनि उहाँ ९० वर्ष कटिसक्नु भएको थियो,’ खतिवडाले भने, ‘नियमीत रूपमा बैठकमा आउने र हरेक विषयवस्तुलाई एकदमै सिरियसली हेर्दिने, सल्लाह सुझाव दिने गर्नुहुन्थ्यो। पछिल्लो चरणमा कतिपय मठ–मन्दिरहरूको सिक्का छाप्ने प्रस्ताव राख्दा जोशीले मुलुक धर्मनिरपेक्ष भइसकेकाले यतातिर नलाग्न समितिमा राय दिएका थिए।’

शताब्दी पुरुष जोशी नेपालको संस्कति, लोक संस्कृतिको अन्वेषण, प्रचार–प्रसार, प्रकाशन गर्ने र नेपाली कला संस्कृतिको प्रवद्र्धन गरेका थिए। पुरातत्व विभाग नै उनको पालामा गठन भएकाले यसको विकासमा उनको ठूलो योगदान रहेको छ। ३८ वर्षको उमेरमै ०१५ सालमा पुरातत्व विभागको पहिलो निर्देशक बनेका थिए।

नेपालको पुरातत्वको विकास गर्ने ऐतिहासिक व्यक्ति भएकाले पनि सम्मानस्वरूप उनको नाममा चाँदीको सिक्का निष्कासन गरिएको डा. खतिवडाले बताए। २०७६ भदौमा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले नै सिक्का सार्वजनिक गरेका थिए। सय वर्ष पुगेपछि सम्पदाको रूपमा लिइने भएकाले सत्यमोहन जीवित सम्पदा÷जीवित इतिहास हुन् भन्दै उनले त्यतिबेलै सम्मान व्यक्त गरेका थिए।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरिएको थियो। दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ। शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक टक्सार विभागले उनको तस्बिर अंकित सिक्का निष्कासन गरेको थियो।

ललितपुर महानगरको आग्रहमा राष्ट्र बैंकले १०० रुपैयाँका १० हजार थान र चाँदीबाट बनेका १००० का २५ हजार थान सिक्का निष्कासन गरेको हो। त्यसैगरी २५ सयको सिक्का १० हजार थान निष्कासन भएको थियो। नेपालको पहिलो गभर्नर हिमालय शमशेर जबरा राणा तत्कालीन समयमा दरबार हाईस्कुलबाट एसएलसी उतीर्ण गर्ने आफूसँगै ३ जनामध्ये जोशी पनि भएको स्मरण गर्छन्। जोशी कलामा विशेष ज्ञान र सिर्जनशील शक्ति भएको राणाले बताए।

जीवितमा हुलाक टिकट छापिने पहिलो व्यक्ति
सरकारले २०७७ माघ २० गते वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित १० रुपैयाँको हुलाक टिकट प्रकाशित गरेको थियो। सो अवधिमा उनको तस्बिर अंकित हुलाक टिकट १० लाख थान छापिएको थियो।
अधिकांश क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूको नाममा निधनपश्चात् मात्रै हुलाक टिकट कदर स्वरूप प्रकाशित गर्न गरेको थियो। तर, जीवितै हुँदा हुलाक टिकट प्रकाशित हुने जोशी पहिलो व्यक्ति हुन्। सरकारले नीतिगत व्यवस्था नै परिवर्तन गरेर जोशीको तस्बिर अंकित टिकट निकालेको थियो। हुलाक टिकट व्यवस्थापन कार्यालय प्रमुख कृष्ण लम्सालका अनुसार हुलाक टिकट प्रकाशन निर्देशिका २०७० मा विशेष व्यक्तिको मृत्यु भएपछिमात्रै कदरस्वरूप तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न पाउने व्यवस्था थियो।

निर्देशिकामा संशोधन गरेर जीवित व्यक्तिको योगदान स्वरूप टिकट प्रकाशन गर्न पाउने व्यवस्था गरिएको थियो। २०७६ चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको आधारमा निर्देशिका परिवर्तन भएको थियो। यससँगै २०७७ माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेपछि माघ २० गते प्रकाशित गरेको थियो।

टिकटमा जोशीलाई मानार्थ विद्यावारिधि डा. को उपाधि दिइयो। यो कुनै पनि क्षेत्रमा विशेष योगदान दिएबापत दिइने उपाधि हो। उनलाई २०६८ सालमै काठमाडौं विश्वविद्यालयले संस्कृतविद् जोशीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो। सोही मानार्थ महाविद्यावारिधिको आधारमा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको उपाधि दिइएको थियो।

संस्कृतविद् गोविन्द टण्डन वाङ्मय शताब्दी पुरुष जोशीले बाचुञ्जेल राष्ट्रका लागि भाषा, साहित्य, संस्कृतिमार्फत उनको योगदान सराहनीय भएको बताउँछन्। ‘नेपालको भाषा, साहित्य, संस्कृतिमा योगदान दिएर सम्मान पाउने भाग्यमानी व्यक्ति हुन्। उनले जतिसम्मान जनस्तर, राज्यस्तरबाट अरूले पाएनन,’ डा. टण्डनले भने, ‘अन्य साहित्यकारहरूलाई मृत्युपछिमात्रै राष्ट्रले सम्मान गर्ने र चिन्ने अवस्था रह्यो।

जोशीको आयु लामो भएकाले योगदानसमेत दिए। यसलाई सबै क्षेत्रले पहिचान गरेर सम्मान ग¥यो। जीवितमै सम्मान पाउने भाग्यमानी हुन्। सरकारले हरेक विधामा योगदन पुगेकालाई उहाँलाई जस्तै सम्मान गर्न प्रेरणा मिल्नुपर्छ।’ममता थापाू द्वारा अन्नपुर्ण पोस्टमा लेखिएको खबर हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व