Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम : कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २५, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुरामा विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रसम्म रहेका छन् । त्यसैगरी दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको ठूलो जिल्ला कैलालीमा पाँच प्रतिनिधिसभा सदस्यको सिटमा ४८ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीमा राष्ट्रिय राजनीतिमै परिचित अनुहार उम्मेदवारका रुपमा रहेका छन् । यहाँ पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखकराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायरदेखि पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानासम्म उम्मेदवार रहेका छन् ।

कैलालीका १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्रसम्म गरेर ९६ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए । कैलालीमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसैगरी तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभाका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं। १ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी नेत्री एवं पूर्वमन्त्री विना मगर प्रतिनिधिसभाको उम्मेदवार छिन् ।

त्यसैगरी ‘हेविवेट’ तर्फ क्षेत्र नं। २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउँद र निर्वाचन क्षेत्र नं। ३ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक उम्मेदवार रहेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं। १ मा सुदूरपश्चिम पूर्वमन्त्री तारा लामा, निर्वाचन क्षेत्र नं। २ मा एमाले नेता नरबहादुर धामी र निर्वाचन क्षेत्र नं। ३ मा नेत्री निरुदेवी पाल चुनावी मैदानमा छन् । त्यसैगरी छ वटा प्रदेशसभा सदस्यको सिट रहेको कञ्चनपुरमा ५५ जनाले उम्मेदवारी दिएका छन् । जसमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल, संविधानसभा सदस्य दिवान विष्ट उम्मेदवार रहेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा एउटा प्रतिनिधिसभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

दार्चुलामा सत्ता गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार बनेका छन् । नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना उम्मेदवार छन् । यसअघिका प्रत्यक्ष निर्वाचनमा ठगुन्नाले मन्त्री बडूलाई पराजित गरेका थिए । दुई प्रदेशसभा सदस्य रहेको दार्चुलामा प्रदेशका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । दुई प्रतिनिधिसभा सदस्यको सिट रहेको अछाममा श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

अछाममा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ चार सिटका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले उम्मेदवारी दिएका छन्। यस्तै बैतडीमा १२ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । एक मात्र प्रतिनिधिसभा सदस्य सिट रहेको बैतडीमा गठबन्धनका उम्मेदवार नरेन्द्र बहादुर कुँवर र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यहाँ पनि प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् । दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभातर्फ ११ जनाले उम्मेदवारी दिएका छन् ।

पुरानो सदरमुकाम रहेको डोटी जिल्लामा प्रतिनिधिसभा सदस्यमा छ जनाले उम्मेदवारी दिएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आले यहाँ सत्ता गठबन्धनका उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट नेत्री गौरी ओली उम्मेदवारी दिएकी छन् । डोटीमा दुई प्रदेशसभा सिटका लागि सात उम्मेदवार छन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि प्रतिनिधिसभाको एक मात्रै सिट रहेको छ । बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । दुई वटा प्रदेशसभा सिटमा यहाँ नौ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

बाजुरामा राजनीतिक दलदेखि स्वतन्त्रले उम्मेदवारी दिएपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बझाङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १० प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

बझाङमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेबाट युवा नेता ऐन महरलगायत उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ रहेका छन् । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ४० हजार दुई सय एक मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा ८९ हजार क सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार छ सय ५७ र बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २७ लाख ११ हजार दुई सय ५० रहेको छ । -मानसखण्ड

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व