कञ्चनपुर : दार्चुलामा ४ लाख बढी नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको महाकाली नगरपालिका ४ तिन्करखेडाबाट ४ लाख २ हजार ३ सय ६० नगदसहित ११ जना जुवाडे पक्राउ परेका हुन् ।
प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित शंकर बुढाथोकी, असपाल बुढाथोकी, सुरेन्द्र धामी, कमल धामी, नरेन्द्र ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल र इन्टुक लामालाई प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाटै पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।









Discussion about this post