कञ्चनपुर बझाङमा सेती नदीमा जीप खसेको छ । शुक्रबार राति ८ बजे से १ ज १९५६ नम्बरको जीप तलकोट गाउँपालिका ४ रातापानीस्थित सेती नदीमा खसेको प्रहरीले बताएको छ ।
जीप रोकेर सामान झार्दै गर्दा आफै अचानक ब्याक भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा जीपमा सवार सैपाल गाउँपालिका बस्ने ३० वर्षीय ज्ञानेन्द्र बोहरा सामान्य घाइते भएका प्रहरीले बताएको । जीप नदीमै रहेको बताइएको छ ।









Discussion about this post