कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुक्रबार वेदकोट नगरपालिकाले दशैँ, तिहार एव छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
वेदकोट नगरपालिकाका जनप्रतिनिधीले दशैँ, तिहार एव छठका बेला लोक संस्कृति संरक्षण गर्ने गराउने उदेश्यले मनाउनुपर्ने र अनाधिकृत रुपमा मदिरा तथा जुवातास खेल्न, खेलाउन बन्द गर्नुपर्नेमा जोडदिएका छन ।

वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराको विशिष्ट अतिथि नगर उप-प्रमुख तुलसी जोशी, सहित नगरका जनप्रतिनिधी एवंम कर्मचारीहरुको सहभागिता रहेको थियो ।











Discussion about this post