कञ्चनपुर : डोटीको केआईसिंहमा जङ्गली बँदेलले आतङ्क मच्चाएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा जङ्गली बँदेलले धान खेतीमा क्षति पुगाउन थालेको हो । जङ्गली बँदेलले आतङ्क मच्चाउन थालेपछि स्थानीय हैरान भएका छन् ।
भाटगाउँ तल्ला बेत्तामा रातिको समयमा जङ्गली बँदेलले धान बाली खाने गरेको स्थानीयले बताएका छन् । लगाएको धानलाई वन्यजन्तुबाट जोगाउन कृषकहरू रातभर जाग्राम बस्ने गरेका छन् ।









Discussion about this post