बैतडी : बैतडीको देहीमाण्डौं क्षेत्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । दशरथचन्द नगरपालिका-२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन राँगाको बलिसहित जात्रा हुने भएको र सो जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले मदिरा सेवन र विक्रिका कारण विभिन्न खालका समस्याहरु हुने भएकाले दसैँ अवधिभर मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको बताएको छ ।









Discussion about this post