कञ्चनपुर : धनगढीमा स्कारपियो, मोटरसाइकल र साइकल आपसमा ठोक्किएका छन् । बिहीबार धनगढी उपमहानगरपालिका-५ को कवर्डहल नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुल अगाडि चटकपुरबाट शिवनगरतर्फ गइरहेको से १ च २०६९ नम्बरको स्कारपियोले सुपप्र ०१००९प ९६७२ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने उक्त स्कारपियो धनगढीकै २९ वर्षीय रमेश डगौरा चलाइरहेका थिए भने मोटरसाइकल ३२ वर्षीय खेम बहादुर राईले चलाइरहेका थिए । यस्तै स्कारपियोले सडक छेउबाट गइरहेका ५४ वर्षीेय साइकलयात्री पदमराज पनेरुलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
घाइते हुनेमा मोटरसाइकल चालक, मोटरसाइकलमा पछाडी सवार चालककी श्रीमती, पछाडि सवार उनीहरुकी छोरी र साइकलयात्री रहेका छन् । डिएसपी जोशीकाअनुसार मोटरसाइकल चालकको खुट्टामा चोट लागेको छ ।
यस्तै मोटरसाइकलमा पछाडि सवार चालककी श्रीमती पुष्पा राईको टाउको र हातखुट्टामा चोट लागेको छ । त्यस्तै उनीहरुकी ११ वर्षकी छोरी रेविका राईलाई पनि चोट लागेको छ । उनीहरुको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ । स्कारपियो चालक र गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।









Discussion about this post