कञ्चनपुर : बैतडीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका-११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिप चालक सुर्नया गाउँपालिका-३ का ३४ वर्षीय पृथ्वी भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए । जिपमा चालक मात्र रहेका र जिप सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ ।









Discussion about this post