सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्मिका तराई रुटमा पनि टाईम कार्ड लागु, सवारीसाधन चेकजाँचमा कडाई

सुदुरपश्मिमा दसैं तिहार नजिकिएसँगै सवारीसाधनमा तराई रुटमा पनि टाईम कार्ड प्रणाली लागु गरिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बनाएको दशैं तिहार चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत कञ्चनपुर र कैलालीका लामो रुटमा टाईम कार्ड प्रणाली लागु गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले महेन्द्रनगरदेखि चिसापानी र धनगढीदेखि चिसापानीसम्म चल्ने सवारीसाधनमा दसैं तिहारका बेला टाइम कार्ड लागु गरिएको बताएको छ ।

यस्तै प्रदेश ट्राफिक प्रहरीले दशैं तिहार विशेष सुरक्षा योजना अन्तरगत सवारीसाधन चेकजाँचमा कडाई गर्नुका साथै लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ । प्रहरीले ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष समेत संञ्चालनमा ल्याएको छ ।

Mahakali Polytechnic

विज्ञापन यात्रु सहायता कक्षमा खटिने प्रहरी कर्मचारीले एक मिनेट यात्रुसँग कार्यक्रम अन्तरगत उनीहरुले भोग्नुपरेको समस्याबारे जानकारी लिने तथा उचित परामर्श दिने काम गरिरहेका छन्।

World Link Ads

यात्रुसँग बढि भाडा लिएको, चालक र सहचालकले नराम्रोे व्यवहार गरेको पाइएमा ठाउँको ठाउँमै कारकाही गरिने चेतावनी समेत प्रदेश ट्राफिक प्रहरीले दिएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.