सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अगामी निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएकी छन्।

एकीकृत सुरक्षा राष्ट्रिय सुरक्षा कार्ययोजना २०७९ मा व्यवस्था भएअनुसार भदौ १७ गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिशअनुसार सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २७ गतेको आधारमा मंसिर ४ गते हुने निर्वाचनका लागि नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिनका लागि सेना परिचालनको स्वीकृति प्रदान गर्नु भएको छ।’

 

Mahakali Polytechnic

गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.