Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुधमा सौफ र अदुवा उमालेर पिउँदा पाइन्छ पाँच अचम्मको फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सौफ र अदुवा दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसलाई दुधमा उमालेर छानेर खानु हुन्छ भने यसले स्वास्थ्यलाई अचम्मको फाइदा पु¥याउँछ । दुध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो । अर्कोतर्फ, सौफ र अदुवामा पनि औषधीय गुणहरू प्रशस्त छन् । साथै, दुबैमा भिटामिन सी, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट र एन्टी(इन्फ्लेमेटरी गुणहरू हुन्छन् ।

सौँफ र अदुवा मिसाएरको दुध पिउनाले शरीरलाई आवश्यक पोषण मात्र मिल्दैन, यसले धेरै गम्भीर रोगहरूलाई पनि हटाएर शरीरलाई भित्रबाट बलियो बनाउँछ । हामीले सौफ र अदुवासँग दुध पिउनुका फाइदाहरू बारे थप जान्नको लागि भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गर्यौं । उनका अनुसार यसका फाइदा यस प्रकारका छन्

१. हड्डी बलियो हुनेछ

क्याल्सियम, प्रोटिन र अन्य थुप्रै आवश्यक पोषक तत्वहरूले भरिपूर्ण, यो संयोजन तपाईंको हड्डी र जोर्नीहरू बलियो बनाउनको लागि धेरै लाभदायक छ । यो हड्डी भाँच्चिने जोखिम कम गर्न र जोर्नी दुखाइबाट राहत प्रदान गर्न पनि उपयोगी छ ।

२. मिठो निद्रा लाग्न सहयोग गर्छ

दुधमा सौफ र अदुवा उमालेर राती सुत्नुअघि सेवन गर्दा मस्तिष्क शान्त हुन्छ र थकान हट्छ । यसले तनाव कम गर्न पनि मद्दत गर्छ । यसले तपाईंलाई छिटो र राम्रो निद्रा दिन्छ ।

३. पेटको समस्या हटाउँछ

यो मिश्रण पेटमा ग्यास, ब्लोटिङ, कब्जियत र अपच जस्ता समस्याहरूलाई टाढा राख्न धेरै लाभदायक हुन्छ । यसले तपाईंको पाचनलाई बलियो बनाउँछ र मेटाबोलिजमलाई पनि गति दिन्छ । यसले बान्ता र पखाला जस्ता समस्याबाट पनि बचाउन मद्दत गर्छ । यसले खानाबाट पोषक तत्वहरूको अवशोषणमा पनि सुधार गर्छ ।

४. उच्च रक्तचाप नियन्त्रण गर्छ

क्याल्सियम, पोटासियम, म्याग्नेसियमले उच्च रक्तचाप कम गर्न र नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यो संयोजन उच्च रक्तचाप कम गर्न मात्र होइन, रक्तचाप व्यवस्थापन गर्न पनि उपयोगी छ ।

५. मुटु स्वस्थ राख्छ

यदि तपाईं नियमित रूपमा दुधमा सौफ र अदुवा उमालेर पिउनुहुन्छ भने, यसले खराब कोलेस्ट्रोल कम गर्छ र राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ । यसले रक्तचाप नियन्त्रणमा राख्छ र हृदयघात, स्ट्रोकजस्ता रोगहरूको जोखिम कम गर्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व