सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशमा एउटा असल व्यक्तिको खाँचो छ : ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ । उहाँले देशमा एउटा असल व्यक्तिको खाँचो रहेकाले देश उसैलाई सुम्पिन चाहेको बताउनुभयो ।

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैँचामा शुक्रवार इन्द्रपुर जेसिज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उहाँले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईँहरू स्वयम् भएको उल्लेख गर्नुभयो । उहाँले देशलाई सामाजिक, आर्थिकरूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन ।’

उहाँले हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भूगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.