सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेयर बालेन साह बिरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बिरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

नर्भिक अस्पतालले बनाएको अवैधानिक संरचना भत्काउने कार्य अदालतले अन्तरिम आदेशबाट रोकिदिए पनि बालेनले नक्सा पास नगरी बनाएका संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार संविधान संशोधन गरेर सर्वोच्चलाई नै दिनुपर्ने भन्दै सामाजिक संजालमा लेखेका थिए ।

यहि प्रकरणबाट अधिवक्ता जोशीले मेयर साहलाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्न माग गर्दै मुद्दा हालेका थिए । गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.