डडेल्धुरा र डोटीमा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ।
यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उद्घाटनको कार्यक्रम रहेको जनाएका छन् । यातायात डडेल्धुरामा पहिलो पटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको जनाए ।
उनका अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो ।
त्यसअघि ०७२ साल असार ३ गते सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीका लागि तत्कालिन अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा र डोटी स्थापना भएको थियो। उक्त कार्यालयहरुले डडेल्धुरा र डोटीभन्दा अगाडि रुट दिने गरी पट्के काम गर्दै आएका थिए। गोदावरी न्युज बाट सभार







Discussion about this post