Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ श्रावण २६, बिहीबार १६:१७
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हृदयघात र प्यानिक अट्याकबीचको भिन्नता छुट्टाउन अलि गाह्रो छ, किनभने दुवैका लक्षण लगभग उस्तै हुन्छन् । अत्यधिक तनाव र चिन्ता प्यानिक अट्याकको प्रमुख कारण हो । जसले हृदयघात पनि निम्त्याउन सक्छ । दुई बीचको भिन्नता बुझ्न सकियो भने यी समस्यालाई राम्रोसँग समाधान गर्न पनि सकिन्छ ।

हृदयघात भनेको के हो ?

मुटुमा रगत र अक्सिजन पु¥याउने कोरोनरी धमनी अवरुद्ध हुँदा हृदयघात हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह रोक्छ । केही हृदयघात तुरुन्तै देखा पर्छन् र घातक हुन सक्छ । हृदयघात हुँदा केही लक्षण देखा पर्न सक्छन्, जस्तै छाती दुख्नु, छाती भारी हुनु, डकार आउनु, सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, पसिना आउनु, चक्कर लाग्नु, शरीरको माथिल्लो भाग दुख्नु । विशेषगरी एक वा दुवै हात, घाँटी, ढाड, बङ्गारा वा पेट दुख्ने हुनसक्छ ।

यद्यपि, छाती वा हात दुख्नु हृदयघातको एक सामान्य लक्षण हो, जुन प्रायः पत्ता लाग्दैन । यसले शरीरको माथिल्लो भागमा थकान जस्ता लक्षण देखाउन सक्छ ।

मधुमेह, उच्च कोलेस्ट्रोल, तनाव र उच्च रक्तचापको समस्याबाट ग्रसित व्यक्तिलाई हृदयघात हुने सम्भावना बढी हुन्छ । यसबाहेक, धुम्रपान, खराब जीवनशैली र शारीरिक गतिविधिको कमीले पनि जोखिम बढाउँछ ।

प्यानिक अट्याक

तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब प्यानिक अट्याक हुन सक्छ । कुनै तनावपूर्ण घटनाका कारण प्यानिक अट्याक हुन सक्छ । प्यानिक अट्याक हुँदा छाती दुख्ने, मुटु छिटो धड्कने, पसिना आउने, मृत्युको डर, रिंगटा लाग्ने, वाकवाकी लाग्ने र शरीर झमझम गर्ने जस्ता लक्षण देखा पर्न सक्छन् । श्वासप्रश्वासको अभ्यास, हल्का व्यायाम र ध्यानले प्यानिक अट्याकलाई नियन्त्रण गर्न सकिन्छ ।

हृदयघात र प्यानिक अट्याकमा के छ भिन्नता ?

एसियन हार्ट इन्स्टिच्युट, मुम्बईका वरिष्ठ कार्डियोलोजिस्ट डा. तिलक सुवर्णका अनुसार यी दुई अवस्थाका केही लक्षण फरक छन्, जसले यी दुईको अन्तर पत्ता लगाउन सकिन्छ ः

–हृदयरोगको कुनै इतिहास वा धुम्रपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, छाती दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता कारकलाई बेवास्ता गर्नु हुँदैन । उनीहरूलाई मुटुरोगको जोखिम हुन सक्छ ।

–यदि आराम गर्दा लक्षणहरू देखिन्छन्, तर हिंड्दा वा शरीरलाई चलायमान बनाउँदा लक्षण देखिंदैनन् भने ती लक्षण हृदयघातको नहुन सक्छ ।

–हिंडडुल गर्दा लक्षण बढ्छन्, तर आराम गर्दा कम हुन्छन् भने त्यो हृदयघातको लक्षण हुन सक्छ ।

–हृदयघातको शंका लागेमा, ईसीजी गराउनुपर्छ । ईसीजी गरेर हेर्दा केही समस्या देखियो भने उपचार हुन्छ र हृदयघातबाट बच्न सकिन्छ ।

यदि स्वास्थ्य अवस्थाबारे कुनै प्रकारको शंका लागेको छ भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । अचानक छाती दुख्ने समस्या भयो र त्यो ३ मिनेट भन्दा बढी समयसम्म रहेमा तुरुन्तै अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

हृदयघातको अवस्थामा ढिलाइ घातक हुन सक्छ । बारम्बार प्यानिक अट्याक हुन्छ भने पनि उपचार गरी हाल्नुपर्छ । किनकि प्यानिक अट्याकले पनि हृदयघातको जोखिम बढाउँछ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण २६, बिहीबार १६:१७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ श्रावण २६, बिहीबार १६:१७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ श्रावण २६, बिहीबार १६:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ श्रावण २६, बिहीबार १६:१७
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ श्रावण २६, बिहीबार १६:१७
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ श्रावण २६, बिहीबार १६:१७
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ श्रावण २६, बिहीबार १६:१७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ श्रावण २६, बिहीबार १६:१७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण २६, बिहीबार १६:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व