धनगढी– मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका १ का २८ वर्षीया चित्र मडैको मृत्यु भएको छ भने चालक सोही ठाउँकै २१ वर्षीय सन्तोष मल्ल घाइते भएको प्रहरीले बताएको छ। गम्भीर घाइते भएका मडैलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा चालक घाइते भएका चालक मल्लको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post