कैलालीमा एक पुरुष मृत फेला परेका छन्। आईतबार बिहान जिल्लाको गोदावरी नगरपालिका ३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीया श्याम चौधरी मृत फेला परेका हुन्।
उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनासम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post