Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के अण्डा खाएपछि दुध पिउन सकिन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ श्रावण १२, बिहीबार १६:५४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा प्रोटिनको उत्तम स्रोत मध्ये एक हो । यसका साथै यसमा फोलेट, भिटामिन बीफाइभ, बी१२, बीटु, डी, फस्फोरस, सेलेनियमजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक अण्डा खाँदा तपाईंलाई शारीरिक तवरले स्वस्थ मात्र राख्दैन, यो तपाईंको छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । तर अण्डा र दुध सँगसँगै खान हुन्छ कि हुँदैन भनेर धेरैजना अन्यौलमा हुन्छन् किनभने अण्डा खाएपछि दुध पिउनेबारे विभिन्न धारणा छन् । धेरैले दुध र अण्डा सँगै खानु निकै फाइदाजनक हुन्छ भन्ने गर्छन्, यस्तै केही मानिसहरु दुधसँग अण्डा खाँदा स्वास्थ्यलाई हानी हुन्छसमेत भन्ने गर्छन् । अण्डा खाएपछि दुध पिउने कि नपिउने ? यसबारे थाहा पाउनका लागि एक भारतीय सञ्चार माध्यमले भारतकी क्लिनिकल न्युट्रिसनिष्ट तथा डायटिसियन गरिमा गोयलसँग कुराकानी गरेको छ । यसलाई रातोपाटीले अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।

के अण्डा खाएपछि दुध पिउन सकिन्छ ?

डायटिसियन गरिमाका अनुसार अण्डा र दुध दुबै पोषक तत्वले भरिपूर्ण खानेकुरा हुन् । अण्डा र दुध फिटनेस प्रेमीहरूको मनपर्ने खाना संयोजन हो । दुवै स्वस्थ बोसो, प्रोटीन, एमिनो एसिड र क्याल्सियमले भरिपूर्ण छन् । जसले गर्दा यसले मस्तिष्कको विकास र मस्तिष्कको कामलाई राम्रो बनाउन मद्दत गर्छ । सामान्यतया अण्डा खाइसकेपछि दुध पिउँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । बरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता, हड्डी, जोर्नी, मांसपेशी बलियो बनाउनुका साथै, तौल व्यवस्थापनमा पनि यो निकै उपयोगी हुन्छ । त्यसैले धेरैजसो हेल्थ एण्ड फिटनेस एक्सपर्टले अण्डा र दुध खान सल्लाह दिन्छन् ।

के अण्डा खाइसकेपछि दुध पिउनुका केही बेफाइदा छन् ?

अण्डासँगै दुध पिउँदा स्वास्थ्यलाई हानि हुन्छ कि हुँदैन, यो कुरा तपाईंले अण्डा कसरी खाइरहनुभएको छ भन्ने कुरामा भर पर्छ । यदि तपाईंले काँचो अण्डामा दुधमा मिसाएर खाँदै हुनुहुन्छ भने त्यसले केही समस्या निम्त्याउन सक्छन् । जस्तै, पेट फुल्ने, बेचैनी, पेट दुख्ने, वान्ता हुने र पखाला लाग्ने जस्ता समस्याहरू देखापर्छन् । तर दुधसँग पकाएको अण्डा खानु पूर्णतया सुरक्षित छ । तर, यदि कुनै व्यक्तिलाई दुई खानेकुराबाट एलर्जी छ भने, यो संयोजन हानिकारक पनि हुन सक्छ । उमालेको वा पकाएको अण्डा खाएपछि दुध खान सकिन्छ तर काँचो अण्डा सँग दुध सकेसम्म नखाएकै राम्रो ।

अण्डा खाएको कति घण्टा पछि दुध पिउने ?

आहारविद् गरिमाका अनुसार अण्डा खाएपछि कति समयपछि दुध खाने भन्ने कुराको निश्चित समय छैन । यी दुई सँगै पनि खान सकिन्छ । अण्डा खाएको केही समयपछि असहज महसुस हुन्छ भने केही बेरपछि मात्रै दुध खान सक्नुहुन्छ । दुध र अण्डा सँगै वा भिन्न भिन्न पनि खान सकिन्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण १२, बिहीबार १६:५४
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ श्रावण १२, बिहीबार १६:५४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ श्रावण १२, बिहीबार १६:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ श्रावण १२, बिहीबार १६:५४
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ श्रावण १२, बिहीबार १६:५४
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ श्रावण १२, बिहीबार १६:५४
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ श्रावण १२, बिहीबार १६:५४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ श्रावण १२, बिहीबार १६:५४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण १२, बिहीबार १६:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व