Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिनमा आखिर तपाईंले कतिपटक खाना खाने, तीनपटक वा मात्र एकपटक ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साधारणतया हामी एक दिनमा तीन पटक खाना खान्छौँ – जीवनको नयाँ तरिकाले खाना खाने यो ढाँचामा काम गर्दछ । हामीलाई बिहानको नास्ता दिनको सबैभन्दा महत्वपूर्ण खाना हो भनेर सिकाइएको छ । कार्यालयमा खाना खानका लागि हामीलाई कामबाट ब्रेक दिइन्छ । त्यसपछि हाम्रो पारिवारिक र सामाजिक जीवन रातीको खाना वरिपरि नै घुम्छ । तर के यो खाना खाने सबैभन्दा स्वस्थ र उचित तरिका हो ।

हामीले कतिपटक खाना खानुपर्छ, यसबारे कुरा नगरीकनै वैज्ञानिक यो कुरामाथि जोड दिन्छन् कि हामीले कहिले खाना खानुपर्छ ।

इन्टरमिटेन्ट फास्टिङ, जहाँ तपाईं दुई छाकको खानाबीचमा थुप्रै घण्टासम्मको अन्तर राखिन्छ । यो अनुसन्धानको एउटा ठूलो केन्द्र बन्दै गइरहेको छ ।

क्यालिफोर्नियामा साल्क इन्स्टिच्युट फर बायोलोजिकल स्टडिजान क्लिनिकल अनुसन्धाता र रिसर्च पेपर ‘ह्वेन टु इट’ की लेखक भन्छिन्, ‘शरीरलाई १२ घण्टासम्म खाना नदिँदा हाम्रो पाचन तन्त्रलाई आराम प्रदान गर्छ ।’

इन्टरमिटेन्ट फास्टिङ र यसको असरः

विस्कन्सिन स्कूल अफ मेडिसिन एन्ड पब्लिक हेल्थ विश्वविद्यालयका एक सहयोगी प्राध्यापक रोजलिन एन्डरसनले ‘क्यालोरी रेस्ट्रिकशन’ को फाइदाबारे अध्ययन गरेकी छिन् । विशेषगरी ती क्यालोरी जसले शरीरको तल्लो भागको तौल बढी बढाउने गर्छ ।

‘हरेक दिन केही बेर ब्रत बन्दा केही लाभ पाउन सकिन्छ । वास्तवमा ब्रतले शरीरलाई एक भिन्न स्थितिमा राख्छ, जसले यसलाई मर्मतका लागि उत्कृष्ट तरिकाले तयार गर्छ । मिसफल्डेड प्रोटिनलाई सफा गर्छ । ’

मिसफल्डेड प्रोटिन सामान्य प्रोटिनको एउटा बिग्रिएको स्वरुप हो । यो एउटा अणु हो जुन शरीरमा विभिन्न रोगको कारण बन्ने गर्छ ।

एन्डरसनका अनुसार इन्टरमिटेन्ट फास्टिङले शरीरलाई राम्रोसँग काम गर्न सक्षम बनाउँछ । जब शरीरले विश्राम पाउँछ, यसले खाना भण्डार गर्ने र शरीरको जुन भागलाई ऊर्जाको आवश्यक पर्छ, त्यो दिने काम गर्छ ।

इटलीमा पडोवा विश्वविद्यालयमा व्यायाम र खेल विज्ञानका प्रध्यापक एन्टोनियो पाओली भन्छन्, ‘उपवासले ग्लाइसेमिक प्रतिक्रियामा पनि सुधार हुन्छ । वास्तवमा खाना खाएपछि हाम्रो रगतमा ग्लूकोज बढ्छ र यो ग्लूकोजलाई बढ्नबाट रोक्न उपवास सहायक हुन्छ । रगतमा ग्लूकोजको मात्रा कम बढ्दा शरीर मोटो हुन पाउँदैन ।’

‘हाम्रो डाटाले बताउँछ कि रातीको खाना छिटो खाँदा र आफ्नो उपवासको समय बढाउँदा शरीरमा केही सकारात्मक प्रभाव पर्छन्, जस्तै उत्कृष्ट ग्लाइसेमिक कन्ट्रोल ।’

पाओली भन्छन्, ‘ग्लाइकेशन नामको प्रक्रियाका कारण सबै तन्तुमा सुगरको स्तर कम हुनु राम्रो हो । यहाँ नै ग्लूकोज प्रोटिनसँग जोडिन्छ र कम्पाउन्ड बनाउँछ । यसलाई ‘एडभान्स ग्लाइकेशन एन्ड प्रोडक्ट’ भनिन्छ । हाम्रो शरीर सुन्निएको हुनसक्छ र मधुमेह र मुटुरोगको जोखि पनि बढ्ने गर्छ ।’

के एक पटक खाँदा भोक लाग्दैन ?

दिनमा एकपटक मात्रै खाँदा भोक लाग्दैन ? यस्तै नै हुनुपर्छ भन्ने छैन ।

तर प्रश्न यो उठ्छ कि यदि इन्टरमिटेन्ट फास्टिङ, खाना खाने एउटा स्वस्थ तरिका हो भने आखिर यस्तो खालको फास्टिङमा खाना कतिबेला खाने ?

केही जानकारका अनुसार दिनमा एकपटक मात्रै खाना खानु सबैभन्दा राम्रो हो ।

यो कुरा मान्नेमा न्युयोर्कस्थित कर्नेल युनिभर्सिटी कलेज अफ ह्यूमन इकोलोजीका प्राध्यापक डेविड लेवित्स्की पनि समावेश छन्, जो आफू पनि यस्तै गर्छन् ।

उनी भन्छन्, ‘यदि मैले कसैलाई खानाको फोटो वा खाना देखाउँछु भने उनीहरु त्यो खान चाहन्छन् । तपाईंलाई जति पटक खाना दिइन्छ सायद तपाईं ती सबै एकैदिनमा खानुहुनेछ । यसलाई पुष्टि गर्ने धेरै डाटा छन् ।’

खाद्य इतिहासकार सेरेन चारिङ्टन–होलिन्सका अनुसार फ्रिज र सुपरमार्केट अघि मानिसहरु त्यतिबेला मात्रै खान्थे जब खाना उपलब्ध हुन्थ्यो । हाम्रो इतिहासमा हेर्नुहुन्छ भने हामी दिनभरी एक पटक मात्रै खाने गर्दथ्यौँ । प्राचिन रोमका मानिस पनि दिउँसो मात्रै एकपटक खाना खान्थे ।

दिनमा एकपटक मात्रै खाना खाँदा भोक लाग्दैन त ? यो आवश्यक छैन । लेवित्स्कीका अनुसार भोक धेरैजसो अवस्थामा एक मनोवैज्ञानिक महसुस पनि हो ।

‘जब दिउँसोको १२ बज्छ तब हामीलाई खान मन लाग्छ । अथवा हामीमध्ये धेरैलाई बिहानको नास्ता गर्ने बानी हुन्छ र यस्तो गर्नुपर्छ भनेर हामीलाई बताइएको हुन्छ । तर यो सबै बकवास हो । डाटामार्फत् पत्ता लागेको छ कि यदि तपाईंले बिहानको नास्ता गर्नुभएको छैन भने तपाईंले त्यसदिन शरीरलाई कम क्यालोरी दिनुभएको हुन्छ ।’

उनी भन्छन्, ‘हाम्रो शरीर खाना र उपवासका लागि बनाइएको हो ।’ यद्यपि, लेवित्स्की मधुमेहका रोगीलाई यस्तो खालको ब्रत नबस्न सुझाव दिन्छन् ।

तीन पटक खाना खाने परम्पराः

तर मनोगन दिनभरीमा एकपटक मात्रै खाना खान सल्लाह दिँदैनन् । किनभने यदि तपाईं भोकै बस्नुहुन्छ भने पनि तपाईंको रगतमा ग्लुकोज बढ्नेछ जसलाई फास्टिङ ग्लुकोज भनिन्छ ।

लामो समयसम्म फास्टिङ गर्दा ग्लुकोज बढ्दा टाइप–टु डायबिटिजको खतरा बढाउने गर्छ ।

रगतमा ग्लुकोजको मात्रा कम राख्न दिनमा एकभन्दा बढी पटक नियमित रुपमा खाना खान आवश्यक छ किनभने यसले शरीरलाई भोक लागेको छ भन्ने सोच्नबाट रोक्छ र खाना खाँदा थप ग्लुकोज निष्कासन गर्छ ।

उनका अनुसार यसको सािटो दिनमा दुईदेखि तीन पटक खाना खानु सबैभन्दा राम्रो हो । तपाईंको शरीरको धेरैजसो क्यालोरी दिनको सुरुवातमा खर्च हुन्छ, त्यसैले दिउँसो बढी खाना खानुपर्छ । अबेर राती खाना खाँदा कार्डियो–मेटाबोलिक रोग हुने खतरा निम्तन्छ जस्तै मधुमेह र मुटुरोग ।

मनोगन भन्छिन्, ‘यदि तपाईं धेरैजसो खाना दिनको पहिलो हिस्सामा नै खानुहुन्छ भने तपाईंको शरीरले त्यो ऊर्जाको उपयोग गर्न सक्छ । ’

तर सबेरै खानाबाट पनि जोगिनुपर्छ ।

उनी भन्छिन्, ‘किनभने यस्तो गर्दा तपाईंले फास्टिङका लागि पर्याप्त समय पाउनु हुन्नँ । यसका साथै, उठ्ने बित्तिकै खाँदा खानाले हाम्रो सर्केडियन रिदमविरुद्ध काम गर्छ । सर्केडियन रिदम हाम्रो शरीरको घडीको रुपमा परिचित छ ।’

अनुसन्धाताका अनुसार शरीरले दिनभरीको खानालाई भिन्न तरिकाले संसोधित गर्छ ।

हाम्रो शरीरले हामीलाई निदाउन मद्दत गर्नका लागि रातभरी मेलाटोनिन रिलिज गर्छ । तर मेलाटोनिनले इन्सुलिनको निर्माण पनि रोक्छ जसले शरीरमा ग्लूकोज जम्मा गर्छ । यस्तोमा सुत्ने बेला धेरै क्यालोरीयुक्त खाना नखानुहोस् ।

यदि तपाईंले क्यालोरीको सेवन गर्नुभएको छ भने मेलाटोनिन उच्च हुनेछ र ग्लुकोजको स्तर पनि असाध्यै धेरै हुनेछ । राती असाध्यै धेरै क्यालोरीको सेवन गर्नु शरीरका लागि एक महत्वपूर्ण चुनौती बन्ने गर्छ किनभने इन्सुलिन बन्दैन र तपाईंको शरीरले ग्लुकोजलाई राम्रोसँग स्टोर गर्न सक्दैन ।

र हामीलाई थाहा नै छ, लामो समयसम्म ग्लुकोजको उच्च स्तरले टाइप टु मधुमेहको जोखिम बढाउन सक्छ ।

यसको अर्थ यो होइन कि हामीले नास्ता पूर्ण रुपमा छोडिदिनुपर्छ । तर केही प्रमाणले बताउँछन् कि बिहान उठेको एक वा दुई घण्टा पछि मात्रै नास्ता गर्नुपर्छ । यो पनि याद गर्नुपर्छ कि नास्ता जसलाई हामी आज रुचाइरहेका छौँ, यो अपेक्षाकृत एउटा नयाँ अवधारणा हो ।

नास्ताको अवधारणा कसरी आयो ?

च्यारिङ्टन हलिन्स भन्छिन्, ‘प्राचिन युनानी नास्ताको अवधारणा पेश गर्ने पहिलो व्यक्ति थिए, उनीहरु रक्सीमा भिजाएर रोटी खाने गर्दथे, त्यसपछि उनीहरु दिउँसो खाना खान्थे र त्यसपछि बेलुकाको खाना खाने गर्दथे । ’

हलिन्स थप्छिन्, ‘सुरुमा नास्ता कुलीन वर्गको लागि मात्रै थियो । यो पहिलो पटक १७ औँ शताब्दीमा सुरु भएको थियो । यो ती व्यक्तिहरुका लागि विलासिता बन्यो जो बिहानको समयमा आरामले खानाको आनन्द लिन सक्थे ।’

चेरिङ्टन हलिन्स भन्छिन्, ‘आज जुन नास्ताको अवधारणा छ त्यो १९ औँ शताब्दिमा औद्योगिक क्रान्तिको क्रममा आयो । काम सुरु गर्नुभन्दा अघि खाना खाने गरिन्थ्यो । यस्तो खालको दिनचर्यामा दिनमा तीन खानाको अवधारणा पनि आयो । मजदुर वर्गका लागि पहिलो खाना जसलाई नास्ता पनि भनिन्छ, त्यो निकै सादा हुन्थ्यो । यो एउटा स्ट्रिट फूड वा रोटी हुने गर्दथ्यो ।’

तर युद्धपछि जब खानाको उपलब्धता कम भयो, तब नास्ता गर्न सम्भव भएन र धेरैले यसलाई छोड्नुपरेको थियो ।

हलिन्स भन्छिन्, ‘एक दिनमा तीन पटकको खाना पनि मानिसको मनबाट निस्कियो । सन् १९५० को दशकमा नास्ताको अर्थ थियो सिरियल्स र टोस्ट । पहिला हामी ज्यामसँग ब्रेड खाएर खुसी थियौँ । अब हामी सिरियलसँग टोस्ट खान्छौँ ।’

राती गरिष्ठ भोजनबाट बचौँः

त्यसैले विज्ञानका अनुसार दिनभरी खानाको सबैभन्दा स्वस्थप्रद तरिका भनेको दुई वा तीन पटक खानु हो । रातभरीको एउटा लामो फास्टिङसहित दिनमा निकै छिटो र असाध्यै ढिलो खाना नखानुहोस् र सुरुमा नै धेरै क्यालोरीको सेवन नगर्नुहोस् ।

मनोगन भन्छिन्, ‘मानिसलाई बेलुकाको ७ बजेपछि नखानु भनेर सल्लाह दिनु सहयोगी साबित नहुन सक्छ किनभने मानिसको भिन्न भिन्न तालिका हुन्छन् । यदि तपाईं आफ्नो शरीरलाई नियमित रुपमा राती उपवास गराउनुहुन्छ भने असाध्यै छिटो र असाध्यै ढिलो खाने कोसिस नगर्नुहोस् । दिनको अन्तिम खाना धेरै गरिष्ठ नखानुहोस् ।’

‘तपाईं आफ्नो पहिलो खानामा थोरै ढिला गरेर र रातीको अन्तिम खानामा थोरै सुधार गरेर मात्रै फरक महसुस गर्न सक्नुहुन्छ । यदि तपाईंले यो तरिकालाई पालना गरिरहनुहुन्छ भने यसको उत्कृष्ट असर तपाईंमाथि पर्नेछ ।’

जानकारका अनुसार यदि तपाईं आफ्नो खानाको दिनचर्यामा जे जति परिवर्तन ल्याइरहनुभएको छ, त्यसमा एकरुपता र निरन्तरता राख्नुहोस् ।

एन्डरसन भन्छिन्, ‘शरीर एउटा ढाँचामा काम गर्छ । एक चिज इन्टरमिटेन्ट फास्टिङले गराउने भनेको प्याटर्न हो । प्याटर्नका कारण हाम्रो जैविक तन्त्रले निकै राम्रोसँग काम गर्छ ।’ उनका अनुसार त्यसपछि हाम्रो शरीर खानाको बानी अनुसार ढल्नेगर्छ ।

दिनमा कतिपटक खाने भन्ने प्रश्नमा हलिन्स भन्छिन्, ‘अब एउटा निकै ठूलो परिवर्तन आइरहेको छ ।’

उनी भन्छिन्, ‘एक शताब्दीको लागि हामी दिनमा तीन पटक खाने बानीले सुसज्जित थियौँ तर अहिले यो सम्पूर्ण अवधारणालाई चुनौती दिइएको छ । अहिले खानाप्रति मानिसको दृष्टिकोण फेरिएको छ । हामी एक स्थिर जीवनशैली बाँचिरहेका छौँ । अब हामी १९ औँ शताब्दिको जस्तो काम गर्दैनौँ त्यसैले हाम्रो शरीरलाई कम क्यालोरी चाहिन्छ । ’ रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व