Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिप्ले भिन्डीको लाभ, भिन्डीको परिकार कसरी बनाउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पाकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउँने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।

२. भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३. भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।

४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पु¥याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।

यसरी बनाउन सकिन्छ भिन्डीको स्वादिलो परिकार

भरुवा भिन्डी

चिप्ले भिन्डीमा मसला मिश्रण गरेर स्वादिलो खानेकुरा बनाउन सकिन्छ । यहाँ भरुवा भिन्डी बनाउने बिधी दिइएको छ ।

– २५० ग्राम भिन्डी

– १ मध्यम गोलभेडा, लाम्चो आकारमा काटिएको

– १ हरियो खुर्सानी, बर्गाकार काटेको

– २ चिया चम्चा लसुन अदुवाको पेस्ट

– डेढ चम्चा जीरा

– २ ठूलो चम्चा तेल

– २ ठूलो चम्चा हरियो धनिया

– नुन

भर्नका लागि

– ३ ठूलो चम्चा बेसन, भुटेको

– १ चिया चम्चा कोरेसोले कोरेको नरिवल

– २ ठूलो चम्चा बदाम

– १ ठूलो चम्चा धनिया पाउडर

– एक चौथाई बेसार

– १ ठूलो चम्चा कागतिको रस

– नुन

– १ ठूलो चम्चा तेल

कसरी मसला तयार गर्ने ?

– एक कराहीमा बदामलाई मध्यम आँचमा सेकाउने । त्यो सेलाएपछि पिस्ने ।

– एक कराहीमा बेसनलाई मध्यम आँचमा भुट्ने । त्यसलाई बदामसँगै मिसाएर राख्ने ।

– त्यही कचौरामा नरिवलको धुलो, धनिया पाउडर, बेसार, रातो खुर्सानी पाउडर, गरम मसला पाउडर, तेल र नुन राख्ने । यसलाई राम्ररी मिलाउने ।

भिन्डी कसरी बनाउने ?

– भिन्डीको दुबै छेउको भाग काट्ने । त्यसको बिच भागबाट लामो आकारमा एकातिर चिर्ने । त्यसभित्र अघि बनाइएको मसला राख्ने ।

– एक कराहीमा मध्यम आँचमा तेल तताउने ।

– मसलाले भरिएको भिन्डी त्यसमा हाल्ने र माथिबाट थोरै नुन छर्कने । केहि समय त्यसलाई पाक्न दिने ।

– गाढा रंगको भएपछि निकाल्ने ।

– त्यही कराहीमा एक ठूलो चम्चा तेल तताउने ।

– त्यसमा जिरा हाल्ने । जिरा सुनौलो रंगको हुने अवस्थासम्म भुट्ने । त्यसमा लसुन अदुवाको पेस्ट हाल्ने, हरियो खुर्सानी हाल्ने र ३० सेकेन्ड भुट्ने ।

– गोलभेडा र नुन हाल्ने । गोलभेडा नरम हुनेगरी भुट्ने ।

– त्यमाथिबाट तारेको भिन्डीलाई हालेर राम्ररी चलाउने । एक मिनेटपछि त्यो पाक्छ ।

यसरी तयार भएको चिप्ले भिन्डीको परिकारलाई हरियो धनियाले सजाएर सर्भ गर्न सकिन्छ । अनलाइनखबर बाट 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व