Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्यास्ट्रिक सामान्य रोग होइन, ग्यास्ट्रिक रोग बारे जान्नै पर्ने कुराहरू : डा. दीपेश शाक्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।   चलनचल्तीको भनाइ छ, ‘ग्यास्ट्रिक नेपालीको साझा रोग हो ।’ खराब वा असन्तुलित खानपान नै यसको मूल कारण हो ।

ग्यास्ट्रिकलाई धेरैले सामान्य रोगको रुपमा लिन्छन् । जबकि सामान्य अवस्थाबाट सुरु हुने ग्यास्ट्रिकले पेट वा आन्द्राको क्यान्सर नै गराउन सक्ने चिकित्सकको भनाइ छ ।

 

ग्यास्ट्रिक कसरी हुन्छ ? यसको सुरुवाती लक्षण के हो ? ग्यास्ट्रिकका जटिलता के हुन् ? यिनै विषयमा केन्द्रित रहेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)का कन्सल्टेन्ट फिजिसियन एण्ड न्युरोलोजिस्ट डा. दीपेश शाक्यसँग अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानी ।

नेपालीहरुको साझा रोग हो भन्ने गरिएको छ, के अधिकांश नेपाली ग्यास्ट्रिकबाट पीडित छन् ?

ग्यास्ट्रिकलाई नेपालीहरुको साझा रोग भन्न मिल्दैन । सबैलाई यो रोग छैन । यस रोगको कीटाणु एक्स पाइलोरी दिसा–पिसाबको माध्यमबाट सर्छ । एक अध्ययन अनुसार विकासोन्मुख देशहरुमा ८० प्रतिशत मानिस संक्रमित छन् । यो अल्सर गराउने कीटाणु हो ।

जो व्यक्ति सरसफाइमा ध्यान दिन्छन् र सन्तुलित खाना खान्छन् उनीहरुमा यसको समस्या कमै देखिन्छ ।

ग्यास्ट्रिकको समस्या आउनुमा मूल कारण के हो ?

ग्यास्ट्रिक हुनुको मुख्य कारण व्यवस्थित खानपान नहुनु नै हो । समयमै खाना नखानु, लामो समयसम्म भोको पेट बस्नु, तनावयुक्त दिनचर्या, चिल्लो, पिरो भुटेको र तारेको खाना अत्यधिक खानु, शरीरले पचाउनै नसक्ने गरी मासु खाने गर्दा ग्यास्ट्रिक हुने समस्या हुन्छ ।

आन्द्राको कोषमा धेरै रसायनले ग्यास्ट्रिक बनाउँछ । जुन कोष वंशाणुगत हुन्छ । बुफ्रिन, पेनकिलर जस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छन् । रक्तसञ्चार राम्रोसँग नभएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।

कस्तो अवस्थालाई ग्यास्ट्रिक भएको भन्न सकिन्छ ?

ग्यास्ट्रिकको दुई अवस्था हुन्छ । हल्कासँग पेट पोल्ने, बिहाने उठ्ने बित्तिकै वाकवाकी लाग्ने, खाना खान रुचि नहुने, साथै खाएको खाना नपच्ने, पेट खराब भइरहने, दिसा बिग्रिएर आउने, अलिकति खाना खाए पनि पेट फुलिहाल्ने, छाती पोल्ने हुन्छ भने यो पहिलो अवस्था हो ।

दोस्रो अवस्थालाई एसिड पेप्टिक डिजिज अर्थात् एडिफ भनिन्छ । यो अवस्थामा पुगेको ग्यास्ट्रिकले आन्द्रामा भएको रसायन असन्तुलित हुनेदेखि लिएर पेटमा अल्सर भएर आन्द्रा प्वाल पर्ने समेत हुनसक्छ ।

ग्यास्ट्रिकको जटिलता के हो ?

नेपालमा यसलाई त्यति गम्भीरताका साथमा लिएको पाइँदैन । लक्षण देखिए घरेलु उपचार गर्ने वा फार्मेसी गएर मनलाग्दी औषधि किनेर खाने चलन छ । यसो गर्नु एकदमै घातक हुन्छ । यसले शारीरिक तथा मानसिक अस्वस्थता बढाउनुका साथै शरीरमा खाना राम्रोसँग पुग्न नसक्दा आवश्यक पोषणको अभाव हुन्छ ।

यसले अल्सर वा गम्भीर समस्या कसरी निम्त्याउँछ ?

लामो समयसम्म ग्यास्ट्रिकको समस्या भइरहे यसले आन्द्रा र पेटको क्यान्सरसम्म हुनसक्छ । शरीरलाई कमजोर बनाउने भएका आवश्यक पौष्टिक तत्वको अभाव हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो अवस्था बढ्दै जाँदा थप जटिलता आउन सक्छ ।

उच्च रक्तचाप, टाउको दुख्ने, डिप्रेसन जस्ता समस्या पनि ग्यास्ट्रिकले ल्याउन सक्छ ?

एकदमै हुन्छ । किनभने रोग लागेको मानिस निरोगी मानिसजस्तो हुँदैन । जब शरीर कमजोर हुँदै जान्छ । शरीरमा विभिन्न प्रकारको रोगले आक्रमण गर्नसक्छ ।

ग्यास्ट्रिकको उपचार के हो ? यसलाई जीवनशैली र खानपानमा सुधार गरेर निको बनाउन सकिन्छ ?

जीवनशैली परिवर्तन नै यसको उपचार हो । शरीरलाई हानी गर्ने कुरा नखाने, सन्तुलित आहार खाने, प्रोटिनको नाममा धेरै माछामासु नखाने, कार्बोहाइड्रेट, तेल मिलाएर तनाव घटाउने राति कम खाना खाने बिहानको खाना समयमै खाने, ग्यास्ट्रिकका बिरामीले दिनमा दुई पटक खाजा खाने गर्दा ग्यास्ट्रिकको समस्याबाट पार पाउन सकिन्छ ।

यस्तै खाली पेटमा दूधको प्रयोग नगर्ने, दिउँसो तातो दूध पिए पनि राति मनतातो दूध मात्रै पिउनुपर्छ । पिरो र गोलभेंडाको अचार खानुहुँदैन ।

समस्या धेरै नै बढेको छ भने डाक्टरको परामर्श लिनुपर्छ । एक्स पाइलोरी नामक कीटाणुका कारण लामो समयसम्म ग्यास्ट्रिक हुन्छ । यसको परीक्षण पाइपबाट वा दिसाबाट गर्न सकिन्छ । यो कीटाणुलाई एन्टिबायोटिक खाएर सुकाउन सकिन्छ । यो कीटाणु खाना तथा दिसा–पिसाबबाट सर्ने भएकाले सरसफाइमा ध्यान दिएर सफा खानेकुरा मात्रै खानुपर्छ ।

आयुर्वेदिक वा अन्य प्राकृतिक विधिबाट पनि ग्यास्ट्रिकको उपचार खोजिन्छ, यस्ता विधि एलोपेथिकभन्दा प्रभावकारी हुन सक्छन् ?

ग्यास्ट्रिकका लागि आयुर्वेदिक विधि प्रयोग गर्नु राम्रो हुन्छ । यसको पनि आफ्नै उपचार विधि हुन्छ । यस विधिमा मुखमा ल्वाङ सधैं राख्न सल्लाह दिइन्छ, जसले पेटको रसायनलाई सन्तुलनमा राख्ने काम गर्छ भनिन्छ । मधुमेहका बिरामी बाहेकले दिनमा एकपटक पाकेको केरा सेवन गरे फाइदा गर्छ । सौप तेजपातको खानामा प्रयोग गर्ने र प्रशस्त मात्रामा पानी पिउने जस्ता विधिले ग्यास्ट्रिक नियन्त्रणमा फाइदा नै पु¥याउँछ ।

त्यसैले आयुर्वेदिक र एलोपेथिक यो नै प्रभावकारी भनेर भन्न सकिंदैन । तर जीवनशैली परिवर्तन र योगाभ्यास प्रभावकारी मानिन्छ ।

ग्यास्ट्रिक भएमा के कस्ता सावधानी अपनाउनुपर्छ ?

जीवनशैलीमा परिवर्तन, व्यायाम र योगाभ्यास नै हुन् । जिब्रोको स्वादका लागि नभई शरीरलाई फाइदा गर्ने सन्तुलित तथा सादा खाना खानु र प्रशस्त पानी पिउनुका साथै पर्याप्त निद्रा आवश्यक हुन्छ ।

ग्यास्ट्रिक हुनै नदिन के गर्ने ?

समयमा खाना खाने, समयमै सुत्ने, तनावरहित जीवन बाँच्ने, नियमित व्यायाम गर्ने, योजना बनाएर काम गर्ने जस्ता कार्य गर्नुपर्छ । यस्तै ग्यास्ट्रिकको कुनै पनि लक्षण देखिनासाथ डाक्टरको परामर्श लिइहाल्नुपर्छ ।

(स्रोत : onlinekhabar.com)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व