काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट भएको धनजनको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको हो।
सहयोग रकम बराबरको चेक कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
कम्पनीले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त योगदान गरेको जनाएको छ।










Discussion about this post