काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटले थप १५ दिन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित भइरहेका बेला सूचना तथा सञ्चारसँग जोडिन इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भन्दै कम्पनीले प्रभावित ग्राहकलाई यस्तो सुविधा दिएको जनाएको छ।
डिसहोम इन्टरनेटको पहुँच रहेका त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका प्रभावित ग्राहकले निःशुल्क इन्टरनेट सेवा पाउने कम्पनीले जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई सूचना तथा सञ्चारको पहुँच सहज बनाउन सहयोग पुग्ने उद्देश्यले सेवा विस्तार गरिएको डिसहोमले जनाएको छ।










Discussion about this post