Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी जोगिने गर्मीमा ‘लु’ बाट ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत हुन आग्रह गरेको छ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् । यो मौसममा चल्ने तातो हावाले धेरैलाई सताउँछ । पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा हुँदा धेरै जना बिरामी हुनुका साथै ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

हिमाल अनि लेकमा अक्सिजनको कमी भएमा लेक लाग्छ भने अत्यधिक गर्मीले ‘लु’ लाग्ने गर्छ । तराई क्षेत्रमा गर्मी बढ्दै गएकाले ‘लु’ वा हिट स्ट्रोकको समयमा उपचार नभएको खण्डमा ज्यान जान सक्ने खतरा भएकाले सचेत रहन आग्रह गरिएको हो । गर्मीले नुन र पानीको कमी भएमा ‘लु’ लाग्न सक्छ । शरीरले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ डिग्री फरेनहाइट भएमा राम्ररी काम गर्छ ।

‘लु’ लागेर तत्काल उपचार गराएमा बिरामी सामान्य अवस्था फर्किन सक्छ । त्यसैले, जतिसक्दो चाँडो प्राथमिक उपचार गरेर अस्पताल पु¥याउनु पर्छ । बिरामीको शरीरमा पानी छर्किने, चिसो कोठामा राख्ने, चिसो पानी बरफका टुक्राहरू शरीरमा छर्किने आदि गर्नुपर्छ ।

शरीरको तापक्रम १०६ डिग्री फरेहनहाइट भन्दा बढी दिमागले काम गर्न नसक्ने अवस्था ‘लु’ हो । ‘लु’ का कारण हुने हिट् स्ट्रोक दुई प्रकारका हुन्छन् । पहिलो एक्जरसनल हिट स्ट्रोक धेरै शारीरिक अभ्यास गर्दा, गर्मीमा कडा परिश्रम गर्दा, खेलहरू खेल्दा लाग्न सक्छ । यस्तै, अत्यधिक गर्मी हुने स्थानमा कम उमेरका बालबालिका र बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई हिट स्ट्रोक अर्थात् ‘लु’ लाग्न सक्छ ।

तत्काल तातो हावा ‘लु’ नलाग्ने

स्वास्थ्य मन्त्रालयले सचेत हुन आग्रह गरिरहँदा उता मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले नेपालमा तातो हावा ‘लु’ लाग्ने गरी तापक्रम नबढेको बताउँछन् । ४० डिग्री सेल्सियस भन्दा बढी गर्मी भएमा तातो हावा चल्ने ‘लु’ लाग्न सक्छ । नेपालमा तत्काल ‘लु’ लाग्ने गरी तापक्रम बढ्ने सम्भावना कम रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १३ गते मंगलबार सबैभन्दा बढी धनगढीमा ३८ देखि ४० डिग्री तापक्रम रहेको छ । तर वरिष्ठ मौसमविद् प्रधानाङ्गका अनुसार तत्काल तातो हावा ‘लु’ लाग्ने अनुमान छैन ।

यस्तै, घोराही र वीरेन्द्रनगर तथा दीपायलमा ३५ देखि ३७ डिग्री सेल्सियस तापक्रम रहेको छ । प्रधानाङ्गका अनुसार लगातार पाँच दिनसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भइराख्यो भने ‘लु’ लाग्ने सम्भावना रहन्छ ।

 

‘लु’ लाग्दा देखिने लक्षण

‘लु’ लागेमा उच्च ज्वरो आउने, हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने, झाडावान्ता लगायतका समस्याले सताउँछ । ‘लु’ले गर्भवती, कुपोषित बालबालिका र घरबाहिर कडा परिश्रम गर्नेहरु चाँडै गर्मीबाट प्रभावित हुने चिकित्सकहरु बताउँछन् ।

‘लु’ बाट जोगिने उपाय

तापक्रम बढी भएका स्थानमा तातो बतास चल्दा धेरै हिँड्ने, खेल्ने गर्दा शरीरको तापक्रमको असन्तुलन हुँदा स्वास्थ्यमा समस्या आउन सक्छ । स्वास्थ्य मन्त्रालयका अनुसार गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपाय यस्तो छः

–दिउँसो घरबाट बाहिर ननिस्कने ।

–चिसो पानीले नुहाउने ।

–क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी सोडा जस्ता पेय पदार्थ नपिउने ।

–फलफूलको रस र पानी पिउने । सधैँ पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने ।

–खेतबारीमा कामकाज गर्दा सकभर बिहान वा बेलुका गर्ने ।

 

(माया श्रेष्ठले रातोपाटीमा लेखेकी छन्।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व