Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ जेष्ठ १२, बिहीबार २१:४३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उमेर बढ्दै जाँदा कपाल सेतो हुनु सामान्य कुरा हो । तर कम उमेरमै कपाल सेतो हुन थाल्दा भने समस्या हुन्छ । उमेर बढ्दै जाँदा शरीरमा कपाललाई रंग दिने तत्व मेलानिनको उत्पादन सुस्त हुन्छ ।

बुढेसकालसँगै शरीरमा मेलानिनको उत्पादनमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । तर कम उमेरमा कपाल सेतो हुँदै गएको छ भने शरीरमा आवश्यक पोषक तत्वको कमी भएको हुनसक्छ भनेर बुझ्नुपर्छ । साथै, सानै उमेरमा कपाल सेतो हुनु शरीरमा बिस्तारै केही रोग विकास भइरहेको संकेत पनि हुन सक्छ ।

सानै उमेरमा कपाल फुल्ने कारण

वंशाणुगत

सानै उमेरमा कपाल फुल्ने कारण वंशाणुगत पनि हुन्छ । वंशाणुगत रूपमा नै कपालमा रंग दिने तत्वमा कमी भएर सानै उमेरदेखि कपाल फुल्ने समस्या हुन्छ ।

खानपान

अहिले हाम्रो खानपानमा एकदमै परिवर्तन आएको छ । घरमा पाइने ताजा खानेकुरा, फलफूल, तरकारीको साटो जंकफुड र प्याकेट फुडको सेवन बढेको छ । जसले गर्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन र प्रोटिन पाएको हुँदैन र कपाल फुल्छ । प्रोटिन, भिटामिन र आइरनको कमीका कारण पनि कपाल फुल्ने समस्या हुन्छ ।

धुम्रपान

धेरै अनुसन्धानले कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध रहेको पत्ता लगाएका छन् । किनभने चुरोट वा सूर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव

तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पु¥याउँछ । तनावको कारण मेलानोसाइडलाई नष्ट गर्ने खाल्को रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावको कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै अनुसन्धानमा यो देखियो कि जो व्यक्ति धेरै तनाव लिन्छ, उसको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ ।

कपाल कलर र स्ट्रेट गर्नु पनि कारण

अहिले कपाल कलर गर्ने र स्ट्रेट गर्नेको संख्या बढ्दो छ । यसको कारण पनि कम उमेरमा कपाल फुल्ने समस्या देखा परेको छ । कपालमा कलर र स्ट्रेट गरेका कारण कपालमा क्षति पनि पुग्न सक्छ ।

शरीरलाई चाहिने रसायनको कमी

शरीरलाई चाहिने रसायन जस्तो बायोटिन, भिटामिन बी–१२ र अन्य रसायनको कमीले पनि कम उमेरमा कपाल फुल्न सक्छ । विभिन्न रोगका कारण पनि कपाल फुल्ने समस्या भएको हुन सक्छ ।

कुनै बच्चामा कुपोषण भएको छ भने त्यसले पनि कपाल फुल्ने समस्या हुन्छ । यस्तै थाइराइड, अटोएम्युन रोग र दुबीका कारण पनि यो समस्या हुन सक्छ ।

समय अगावै कपाल फुल्नबाट जोगाउने उपाय

– सन्तुलित र पोषणयुक्त खाना खाने । खानामा प्रोटिन, भिटामिन, आइरन लगायतका तत्वहरू समावेश गर्ने

– विभिन्न भिटामिनका पूरक सेवन गर्ने

– नियमित योग तथा व्यायाम गर्ने

– धुम्रपान छाड्ने

– तनाव नलिने

– प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खाने

उपचार

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार त छैन । तर ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिमा यस्तो समस्या छ भने क्याल्सियम प्यान्टोथेनेट ट्याब्लेटको सेवन गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार कपाल फुल्न कम गर्ने जेल र स्प्रे पनि प्रयोग गर्न सकिन्छ ।

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार नभएकाले कपाल कलर गर्ने चलन पनि लामो समयदेखि चल्दै आएको छ । तर एकदमै धेरै कपाल फुलेको छ भने यसका लागि विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।  डा. रुपक घिमिरेले अनलाइनखबरमा लेखेका छन्।

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ जेष्ठ १२, बिहीबार २१:४३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ जेष्ठ १२, बिहीबार २१:४३
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ जेष्ठ १२, बिहीबार २१:४३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व