Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुतेर उठेपछि बिहानै के गर्दा हुन्छ फाइदा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ जेष्ठ ९, सोमबार २२:४९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पु¥याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ ।

यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा

१. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ ।

२. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ ।

३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ ।

४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ ।

५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ ।

६. मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

बिहान उठ्ने बित्तिकै यस्ता गल्ती कहिल्यै नगर्नुहोस्

१. हत्तपत्त उठेर काममा लाग्नु

दिनको आरम्भ बिस्तारै–बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ ।

यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

२. स्ट्रेचिङ नगर्नु

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ ।

तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

३. ब्रेकफास्ट नगर्नु

बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ ।

रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ ।

ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

४. आँखा खोल्नसाथ मोबाइल चेक गर्नु

बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

५. मुस्कुराउनमा कन्जुस्याँई

तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

६. एक्सरसाइज नगर्नु

धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ ।

मानसिक तनाव हुन्छ। तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ।

७. उठ्नसाथ मलमुत्र त्याग नगर्नु
कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ। किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ जेष्ठ ९, सोमबार २२:४९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ जेष्ठ ९, सोमबार २२:४९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ जेष्ठ ९, सोमबार २२:४९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ जेष्ठ ९, सोमबार २२:४९
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ जेष्ठ ९, सोमबार २२:४९
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ जेष्ठ ९, सोमबार २२:४९
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ जेष्ठ ९, सोमबार २२:४९
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ जेष्ठ ९, सोमबार २२:४९
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ जेष्ठ ९, सोमबार २२:४९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व