Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी गर्ने तेल मसाज, फाइदा के के छन् ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ५, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

प्राकृतिक चिकित्सा वैज्ञानिक डा. वन्दना शिवाले ‘निम’ पुस्तकमार्फत पूर्वीय संस्कृतिमा परापूर्वकालदेखि नै निमको प्रयोग हुँदै आएको बताएकी छन् । प्राकृतिक चिकित्सामा प्रयोग हुने निम, तितेपातीजस्ता जडिबुटी र तेल मालिस जस्ता उपचार विधिको बारेमा हाम्रा पुर्खाहरूलाई सयौं वर्षअघिदेखि परिचित थिए भन्ने विभिन्न प्रमाणबाट भेटिन्छ । अहिले बिस्तारै त्यो हराउँदै गएकोमा उनको चिन्ता छ ।

प्राकृतिक चिकित्सा विधिमध्येको तेल मसाज पनि एउटा बहुउपयोगी विधि हो । शास्त्रीय तथ्यले पनि शरीरमा तेल लगाएर मालिस गर्दा शरीरलाई अनेक फाइदा हुन्छ भन्ने उल्लेख गरेको पाइन्छ । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई दिनको तीनपटकसम्म घाममा राखेर तेलले मालिस गर्ने चलन छ ।

यसो गर्दा शिशुको हाड तथा मांसपेशी बलियो हुने, बच्चाको वृद्धिविकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने, छालासम्बन्धी रोग नलाग्ने र मजाले निद्रा लाग्ने विश्वास गरिन्छ । अहिले बच्चाहरुलाई घाममा तेल तताएर खुवाउने चलन कम छ । तर सहरी भेगमा पनि जैतुनको तेल र बेबी लोसनले मालिस गर्ने चलन देखिन्छ । तर प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसारको मालिस गर्ने चलन भने हराउँदै गएको देखिन्छ ।

सुस्वास्थ्य अस्पतालकी प्राकृतिक चिकित्सक डा. दीपा पौडेल मांसपेशीलाई खुकुलो बनाउन, मांसपेशीको दुखाइ कम गर्न पनि तेल मालिस प्रभावकारी हुने बताउँछिन् । प्राकृतिक चिकित्सकहरुले पनि बिरामीको अवस्था हेरेर तेल मसाज प्रयोग गर्न लगाउने उनी सुनाउँछिन् ।

तेल मसाज जुनसुकै उमेर समूहको लागि पनि प्रभावकारी हुन्छ र यसको प्रक्रिया पनि एउटै हो । तर बच्चा र वृद्धवृद्धामा तेल मसाज गर्दा भने उनीहरुको हड्डीप्रति संवेदनशील भने हुनै पर्छ । सामान्यतया चिसो र गर्मी याममा जहिले पनि तेल मालिस गर्न सकिन्छ । तर धेरैले गर्मीयाममा बढी तेल मालिस गर्ने गरेका हुन्छन् ।

सामान्यतया तेल मालिस पाउडरको प्रयोग गरेर, तेल र पाउडर केही पनि प्रयोग नगरी र तातो तेल प्रयोग गरेर पनि प्रयोग गर्न सकिने डा. पौडेल बताउँछिन् ।

मसाज वा मालिस आराम दिने थेरापी हो । जसमा शरीरको मांसपेशी र छालालाई हातले स्पर्श गरेर आराम दिने गरिन्छ । एउटा व्यावसायिक मसाज थेरापिस्टले मालिस गर्ने बेलामा कैयौं उपाय अपनाउने गर्छ । मसाज मांसपेशीको दुखाइबाट राहत दिलाउँछ । यसरी तेलको प्रयोग गरेर मसाज गर्दा अनेक मांसपेशीमा यसले फाइदा पु¥याउँछ ।

मसाज निम्न तरिकाले गर्न सकिन्छ–

हेयर मसाज

हेयर मसाज विनातेल वा तताएको तेलले पनि गर्न सकिन्छ । हेयर मसाजले कपाल छिटो बढाउन सहयोग पु¥याउँछ भने कपाल झर्न पनि कम गर्छ । मसाजले टाउकोको छालाको रक्त सञ्चार समेत बढ्छ । हेयर मसाजबाट कपालको जरा समेत मजबुत हुन्छ ।

हेड मसाज

शिर र निधारमा गरिने मसाजलाई हेड मसाज भनिन्छ । यो मसाजले छालामा रक्त सञ्चार बढ्दा अक्सिजन प्रवाह पनि राम्रो हुन्छ । हेड मसाज गर्दा टाउको दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।

बडी मसाज

बडी मसाजमा पूरै शरीरको मालिस गरिन्छ । यसमा अनुहारको मसाज, खुट्टाको मसाज, हातको मसाज र कम्मरको मसाज पनि सामेल हुन्छ । बडी मसाजबाट पूरै शरीरमा रक्तपरिसञ्चरण बढ्छ र शरीरको दुखाइसँग सम्बन्धित सबै समस्या टाढा हुन्छन् ।

खुट्टाको मसाज

अहिलेको व्यस्त जीवनशैलीका कारण मानिसहरु थकित हुन्छन् । थकाइले धेरैको खुट्टा दुख्छ । यसका लागि खुट्टाको मालिस गराए मांसपेशीहरुमा तनाव कम हुन्छ ।

फेस मसाज

अनुहारमा गरिने मसाज आफैं पनि गर्न सकिन्छ । यसमा गाला, निधार, गर्दन लगायतका अंगमा मसाज गरिन्छ । हल्का तरिकाले औंलाले फेस मसाज गर्नुपर्छ ।

 

(अनलाइनखबर बाट सभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व