Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ढिलो गरी ओछ्यानको तन्ना फेर्नुहुन्छ भने सावधान !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २५, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कोही व्यक्तिले आफ्नो ओछ्यानको तन्ना कति समयपछि धुने वा परिवर्तन गर्ने ? यो प्रश्न सुन्दा त्यति महत्त्वपूर्ण नलाग्न सक्छ ।

कसैलाई यस विषयप्रति गम्भीर र गहन तरिकाले बहस गर्नु नै जरुरी छैन भन्ने पनि लाग्न सक्छ । तर यो यति महत्त्वपूर्ण विषय हो कि यसले मानिसमा प्रभाव पार्छ । बेलायतमा २२ सय ५० जनामा एउटा सर्वेक्षण गरिएको थियो । नतिजामा आधा अविवाहित पुरुषहरूले ४ महिनासम्म पनि ओछ्यानको तन्ना नधोएको पाइएको थियो ।

त्यस्तै, सर्वेमा सहभागी १२ प्रतिशत व्यक्तिले तन्ना फोहोर भएको त्योप्रति आफ्नो ध्यान गएमा मात्र धुने गरेको बताएका थिए । यस्तो अवस्थामा तन्ना धुने र फेर्ने अवधि अझ लामो हुन सक्छ । मनोवैज्ञानिक, न्युरोसाइन्टिस्ट र निन्द्रा विशेषज्ञ डा. लिन्डसे ब्राउनिङले यसरी तन्ना परिवर्तन नगर्नुलाई खराब बानी भनेकी छन् ।

तन्ना परिवर्तन गर्न किन आवश्यक छ ?
सर्वेमा एक्लै बस्ने महिलाले धेरै छिटो तन्ना फेर्ने गरेको पाइएको थियो । तथ्याङ्कअनुसार ६२ प्रतिशत महिलाले प्रत्येक २ हप्तामा आफ्नो ओछ्यानको तन्ना फेर्ने गरेको पाइएको थिए । सँगै विवाहित महिलाले भने ३ हप्ता कटेपछि मात्र तन्ना फेर्ने गरेको पाइएको थियो । डा ब्राउनिङ भन्छिन्, ‘हामीले एक र बढीमा २ हप्तामा आफ्नो ओछ्यानको तन्ना परिवर्तन गर्नुपर्छ ।’

सरसफाइ नै तन्ना परिवर्तन गर्नुपर्ने प्रमुख कारण हो । गर्मी मौसममा त झन् शरीरबाट आएको पसिनाले ओछ्यान गन्हाउने र फोहोर भएको हुन्छ । यस्तो गन्धले गर्मी झन् बढाउँछ । हामीलाई राम्रो निद्राको लागि शरीरमा शीतलताको महसुस हुनु आवश्यक हुन्छ । शीतल महसुस हुन कोठामा स्वच्छ हावाको आवतजावत पनि आवश्यक हुन्छ । निन्द्राको समयमा पसिना मात्रै नभएर हाम्रो शरीरको मरेको कोशिका पनि शरीरबाट छुट्टिन्छ । यदि समयमा नै तन्ना नधोएमा मरेको कोशिका तन्नामा विकसित हुन थाल्छ । सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो । घुन, जुम्रा, उडुस जस्ता जीवले उक्त मरेको कोसीकालाई खाएर आफू विकसित भई रहेको हुन्छ । जसले गर्दा कोठा फोहोर हुनुको साथै विभिन्न रोगहरू समेत फैलन सक्छ ।

के मौसमले प्रभाव पार्छ ?
डा. ब्राउनिङ भन्छिन्,‘जाडोमा तन्ना परिवर्तन गर्न केही ढिलो भए पनि धेरै फरक पर्दैन तर हप्तामा एक पटक परिवर्तन गर्नै पर्छ । तर एउटा तन्ना परिवर्तन गर्न कोही व्यक्ति २ हप्ताभन्दा बढी समय लिन्छ भने पक्का पनि समस्या हुन्छ । जाडोमा शरीरमा कम पसिना आए पनि मरेको कोशिका शरीरबाट छुटिरहेको हुन्छ ।’ सर्वेमा सहभागी भएका १८ प्रतिशत व्यक्तिले भने रातको समयमा नुहाउने भएकाले तन्ना कम फोहोर हुने र परिवर्तन गर्न ढिला गर्ने बताएका थिए । डा ब्राउनिङ भन्छिन्, ‘गर्मी याममा जाडो मौसमको तुलनामा धुलोको कणहरू र फूलको परागहरू पनि बढी हुने गर्छ । जसले गर्दा एलर्जी र छाला सम्बन्धी रोगहरू देखा पर्न थाल्छ । त्यसैले तन्ना परिवर्तन गरिरहने बानी बसाल्नुपर्छ ।’

सुत्ने कोठा आरामदायी हुनुपर्छ
पिजुना लिनेन्सले गरेको यो सर्वेमा ६७ प्रतिशत सहभागीले आफूलाई तन्ना परिवर्तन गर्नुपर्छ भन्ने कुरा याद नै नआउने बताएका थिए । त्यस्तै ३५ प्रतिशतले याद आउँदा पनि लापरबाही का कारण नगर्ने थिए भने २२ प्रतिशतले आफूसँग अर्को सफा तन्ना नभएर परिवर्तन नगर्ने बताएका थिए । फेरी बाँकी ३८ प्रतिशत सहभागीले भने तन्ना पटक पटक धुनु र परिवर्तन गरिरहनु आवश्यक नै नभएको बताएका थिए ।

डा. ब्राउनिङ भन्छिन्, ‘राम्रो निन्द्राको लागि हाम्रो ओछ्यान आरामदायी हुनुपर्छ । सजिलो, सफा र ओछ्यानमा बस्दा खुसी लाग्ने वातावरण भएमा मात्र राम्रो र मिठो निन्द्रा लाग्छ । मेरो परामर्शको लागि निन्द्रा नलाग्ने समस्या लिएर धेरै बिरामीहरू आउने गरेका छन् । म उनीहरूलाई सकैभन्दा पहिले आफ्नो ओछ्यान सफा र गन्धरहित बनाउने सल्लाह दिन्छु राम्रो निन्द्राको लागि निन्द्राको समस्या भएको एक व्यक्तिले गर्नुपर्ने प्राथमिक काम नै सुत्ने कोठा र तन्नाको सरसफाइ हो । यदि त्यति गर्दा पनि निन्द्रामा सुधार भएन भने परामर्शको काम अघि बढाउन सकिन्छ ।’

मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व