साताको दोस्रो दिन अर्थात आज (सोमबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
आज सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post