सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज साताको दोस्रो दिन  पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

225
Sana Kishan

साताको दोस्रो दिन अर्थात आज (सोमबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

Arus
Karnali Traders

आज तेजावी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.