सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालको शान्ति र विकास यात्रामा भारत दृढ साथी हो : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरेका हुन्।

उनले आफूहरुबीच आपसी सहयोग, विकास परियोजनाकोबारे छलफल भएको बताए। मोदीले देउवाजी भारतको पुरानो मित्र रहेको दाबी गरे। उनले नेपाल–भारतको राजनीतिक विकासमा देउवाको योगदान रहेको टिप्पणी गरे। उनले भने, ’हाम्रो संस्कृति अनादीकालदेखि सुख दुखको साथी रहेका छौं। देउवाजीको भ्रमणले बहुत प्रसन्न छौं। हामी नेपालको शान्ति प्रगति र विकासको यात्रामा एक दृढ साथी हौं।’

प्रधानमन्त्री मोदीले नेपालले पावर सेक्टरमा सहयोगका अवसरमा भारतको सहयोग लिनुपर्ने बताए। ’नेपालले पावर सेक्टरमा सहयोगका अवसरमा भारतको सहयोग लिनुपर्छ।’ मोदीले भने, ’यो उर्जा सहयोगमा ब्लु प्रिन्ट सावित हुनेछ। यस क्षेत्रको विकासमा पञ्च्श्वर गेमचेञ्चर हुनेछ। छिटो अगाडि बढाउन सहमत छौं। भारतीय कम्पनीलाई लगानी गर्न प्रेरित गर्नेछौं।’

उनले देउवा भोली बनारस जाने जानकारी गराए। उनले भने, ’देउवाजी भोलि बनारस जाँदैहुनुहुन्छ। काशीको नयाँ स्वरूप देखेर देउवाजी प्रभावित हुनुहुनेछ।’  अन्नपूर्ण पोस्ट बाट सभार

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.