भारतका पूर्व क्रिकेटर हरभजन सिंहले राज्यसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनले पञ्जाबबाट उम्मेदवारी दिएका हुन्। पूर्व क्रिकेटर सिंहलाई आम आदमी पार्टीले उम्मेदवार बनाएको हो।
आम आदमी पार्टीले सिंहसँगै अन्य चार जना उम्मेदवारको घोषणा गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हरभजन सिंह, राघव चड्ढा, डा. संदीप पाठक, अशोक मित्तल र सञ्जीव अरोडा रहेका छन्।
भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य सदस्य भइसकेका हरभजन सिंह हालसालै मुख्यमन्त्री बनेका भगवन्तको निकट रहेको बताइएको छ। भारतमा ३१ मार्चमा राज्यसभा चुनाव हुँदैछ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post