Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सबै तहमा चुनावी गठबन्धन सम्भव छैन : उपेन्द्र यादव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ७, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्न सम्भव नभएको बताएका छन् । सत्तागठबन्धनमा रहेका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन चुनावसम्म कायम रहने बताइरहेका बेला जसपा अध्यक्ष यादवले भने सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भव नदेखिएको बताएका हुन् ।

 

सोमबार वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले भने, ’सबै तहमा गठबन्धन सम्भव छैन , जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौं , जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनाव लड्छौं । ’

उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै पालिकामा जसपाले एक्लै चुनाव लड्न सक्ने तागत राखेको पनि बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको साझा नीति तथा कार्यक्रम कार्यान्वयनका सवालमा बेइमानी गरिरहेको आरोप अध्यक्ष यादवले लगाए ।

साझा नीति तथा कार्यक्रममा उल्लेख नागरिकता ऐन सशंधोन , संविधान संशोधन , जनसंख्याको आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वलगायतका बुँदा कार्यान्वयनमा प्रधानमन्त्री देउवाले चाँसो नै नलिएको यादवले बताए ।

उनले भने, ’कांग्रेस अचम्मको पार्टी हो , सरकारमा जानुभन्दा पहिले जेजे भन्यो त्यसमा हस्ताक्षर गरिदिन्छ, तर सत्तामा पुगेपछि सबै बिर्सिन्छ । ’ अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली नै ठिक नरहेको भन्दै यसैका कारणले मुलुकको राजनीतिले स्थिरता पाउन नसकेको बताए ।

उनले भने,’ निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ , यसो भयो भने चुनाव लड्न र जित्न पैसा चाहिदैन । ’ मधेस जनविद्रोह र आन्दोलनले मधेसीलाई पहिचान दिएको दाबी पनि उनले गरे । अझै पनि मधेस र मधेसीले पूर्ण अधिकार पाउन नसकेको भन्दै उनले अधिकारका लागि जसपाले सडक र सदन दुवै ठाउँमा संघर्ष गरिरहेको बताए ।

नेपालका कम्युनिस्टहरु वास्तविक कम्युनिस्ट नभएको टिप्पणी गर्दै यादवले भने, ’यहाँका कम्युनिस्टहरु नाम मात्रका कम्युनिस्टहरु हुन् , उनीहरुको धन्दा भने अर्कै छ । ’ एमाले अध्यक्ष केपी ओली पूर्वराजा महेन्द्र शाहको अनुयायी बनेको आरोप पनि उनले लगाए ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , सांसद प्रदीप यादव लगायतले सम्बोधन गरे। क्रान्ति शाहले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व