प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमवार मोरङ जानुहुने भएको छ । उहाँ मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन भोलि त्यता जान लाग्नुभएको हो ।
सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा भोलि बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनुहुने छ ।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर तामाङले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post