नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना रहेको बताउनु भएको छ ।
शनिवार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताउनुभयो । निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आँकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताउनुभयो । प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरुको प्रस्तावलाई पनि हेरिने बताउनुभयो ।
अर्को एक प्रसंगमा प्रवक्ता महतले एमसीसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो बिफल भएको बताउनुभयो । यस्तै कांग्रेसले सुरु गरेको घरघर जाने अभियानले स्थानीय स्तरमा रहेको एमसीसीको भ्रम पनि तोडिने बताउनु भयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post