Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राजालाई गाली गरेर राजनीति गर्ने दिन गए : राजेन्द्र लिङ्देन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ५, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको आरोप लगाएका छन्। उनले हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको माग पनि दोहो¥याए।

उनले भने, ’नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्, यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ।’ राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भएको उनको भनाइ थियो।

उनले भने, ’विगतको अवस्थाजस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवास्वप्न हुने र राजालाई गाली गरेर राजनीति धान्ने दिन गए।’ आज ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै उनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताएका छन्।

लिङ्देनले राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको दाबी गरेका छन्। सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरेका छन्।

बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसँगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालयसमेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै लिङ्देनले गणतन्त्र लुटतन्त्रमा रुपान्तरित भएको बताए।

आमसभालाई उपाध्यक्ष रोशन कार्की, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं चर्चित नायिका रेखा थापा, धर्म संस्कृति समन्वय विभागका प्रमुख पुष्पराज पुरुष, धार्मिक अभियन्ता अभिषेक जोशी, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी लगायतले सम्बोधन गरेका थिए। थाहा खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व