बैतडी – बैतडीको पुर्चौडी नगरपालिकामा नेपाली कांग्रेसको घर-घर जाउ अभियान सुरु भएको छ । घर घर जाउ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत नगरपालिकाको वडा नम्बर ०२ मा बिहीबार सुरु भएको हो । नेपाली काङ्ग्रेस पुर्चौडी ०२ का सभापति हर्क कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस बैतडी जिल्ला सदस्य हिमालय बम रहनु भएको थियो।
विशिष्ट अतिथि जिल्ला सदस्य अम्मर धानुक, धनमती बम र तरुण नेता चन्द्र भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अथितिले जिल्ला कार्यसमितिले दिएको निर्देशन बमोजिम कार्य गर्ने र एमसिसीको बारेमा जनताले बुझ्नुभएको भ्रम हटाउन एमसिसीको बारेमा समेत प्रकास पार्नुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस जिताउनका सबैले एकढिक्का भएर लाग्नुपर्ने कुरामा छलफल गर्नुभएको बताइएको छ ।








Discussion about this post