Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भ्रातृ संगठनहरुमा अध्यक्ष मात्र तोक्ने देउवाको तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार भ्रातृ संगठनहरुको तदर्थ समिति गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असफल भएका छन् । अब पनि सुरुमा अध्यक्ष मात्र तोक्ने उनको तयारी छ ।

३ फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकले १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गर्ने र स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने कार्यादेशसहित तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

समयावधिभित्र नेतृत्व चयन गर्न नसके तदर्थ समिति स्वतः विघटन गर्ने भनिएको थियो । साथै आपसी परामर्शमा तदर्थ समिति गठनको जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

कार्यसम्पादन समितिको निर्णयअनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको तदर्थ समिति बन्नुपथ्र्यो । तर अझैसम्म तदर्थ समिति बनेको छैन ।

प्रधानमन्त्री समेत रहेका देउवाले भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोक्ने तयारी गरेका छन् । ‘फागुनभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरिएको थियो, अब दुई÷चार दिनमा अध्यक्ष तोकिन्छ’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘पूर्ण कार्यसमिति एकै पटकमा आउँदैन ।’

निकटवर्तीहरुका अनुसार देउवाले भ्रातृ संस्थाका अध्यक्षहरुको नाम करिब टुंगाएका छन् । नेविसंघमा ३२ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई नेतृत्व दिने शीर्ष तहमा सहमति बनिसकेको एक नेताले बताए ।

महाअधिवेशन नै नगर्ने प्रवृत्ति

कांग्रेसमा १३ भ्रातृसंस्थामध्ये पदावधि सकिएसँगै अधिवेशन गरेर नयाँ कार्यसमितिलाई जिम्मेवारी दिने कुनै पनि छैनन् ।

११ भदौ २०७३ मा ११ औं महाधिवेशन गरेको नेविसंघले त्यसपछि महाधिवेशन गर्न सकेको छैन । नेविसंघ केन्द्रीय समितिको पदावधि दुई वर्षको हुने कांग्रेसको विधानको व्यवस्था अनुसार २०७५ भदौमै अधिवेशन गर्नुपर्ने थियो । अधिवेशन गर्न नसकेर अध्यक्ष नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएपछि नेविसंघ एक वर्ष नेतृत्वविहीन बन्यो ।

१६ माघ २०७६ मा सभापति देउवाले संघको महाधिवेशन ६ महिनामा गर्ने गरी अध्यक्षमा राजीव ढुंगानासहित १० पदाधिकारी मनोनित गरे । पार्टीभित्रका तीन समूहले भागवण्डामा परेर मनोनित भएका पदाधिकारीले केन्द्रीय समिति विघटन हुँदासम्म महाधिवेशन गर्न सकेनन् ।

भ्रातृ संस्थामा माउ पार्टी हाबी हुने प्रवृत्ति तरुण दलमा पनि देखियो । मंसिर २०७३ मा भएको अधिवेशनमा अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्षमा उत्तरकुमार चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भए तर ९५ सदस्यीय कार्यसमितिमा अरु सदस्यहरु नै चयन भएनन् । चार जनाको कार्यसमितिलाई कांग्रेसले समयावधि थप्दै फागुन २०७८ सम्म ल्यायो र विघटन गरिदियो ।

२०७३ को असोजमा महिला संघको नेतृत्वमा पुगेकी उमा रेग्मीले आफ्नो चारवर्षे कार्यकालमा अधिवेशन गराउन सकिनन् । अन्ततः महिला संघको केन्द्रीय समिति पनि विघटन भयो ।

नियमित कार्यकालभित्र महाधिवेशन भएको भए दलित संघले दुईवटा नया नेतृत्व पाउने बेला भइसक्यो । मीन विश्वकर्मा अध्यक्ष रहेको कार्यसमितिको अवधि २०७३ मा सकिएको थियो ।

केन्द्रीय महाधिवेशन गर्ने गरी सबै जिल्लाको अधिवेशन तत्कालीन समयमै सकेको संघले हालसम्म महाधिवेशन गर्न सकेको छैन । ७ देखि ९ चैतसम्म तोकिएको महाधिवेशन अन्तिम समयमा आएर स्थगित गरिएको छ । नयाँ कार्यसमिति चयन कहिले हुने अनिश्चित छ ।

पार्टीले असहयोग गरेको भन्दै नेपाल आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले अघिल्लो महिना राजीनामा दिए । २०६४ सालमा स्थापना भएको कांग्रेसको यो भ्रातृसंस्थाको गुरुङ संस्थापक अध्यक्ष पनि हुन् ।

स्थापनादेखि एकपटक पनि अधिवेशन गर्न नसकेको आदिवासी जनजाति संघलाई पनि पार्टीको केन्द्रीय समिति पनि विघटन भएको छ । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) एकीकरण हुँदादेखि किसान संघको अधिवेशन हुन सकेको छैन ।

२०६६ सालमा चयन भएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र तामाङ संघको नेतृत्वले पनि अधिवेशन गर्न सकेको छैन । समयमा अधिवेशन नगरेकै कारण नेपाल ठाकुर समाज र भूतपूर्व सैनिक संघको केन्द्रीय समिति पनि विघटन भएको छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व