नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई चुनावमा जनताले दण्डित गर्ने बताउनुभएको छ ।
फागु पर्वका अवसरमा पार्टीले आज बिहीवार आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उहाँले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्नेछन् भन्नुभयो । उहाँले भन्नुभयो ‘प्रतिगामी तथा अहङ्कारी व्यक्ति होलीका दहन भएजस्तै पराजय हुने छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुभाषिक, बहुसांस्कृतिक देशमा सबै जाति–समुदायको संस्कृतिले प्रेम, सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।
विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘नेपाली भएकामा हामीले गौरव गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ ।’ उज्यालो अनलाइन बाट सभार









Discussion about this post