नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँगको चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् ।
बुधबार पार्टीको लुम्बिनी प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै पुनले एमालेसँगको सहकार्यको ढोका बन्द नगरेको बताएका हुन् ।
तर संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा जोड दिने उनको भनाइ छ ।
‘सत्ता गठबन्धनका दलहरु बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि उनले माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको समेत दावी गरे । अनलाइनखबर बाट सभार









Discussion about this post