संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुने बताएका छन् ।
बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यो अधिवेशन अन्त्य भएकाले अब बजेट अधिवेशनमा छलफल हुने बताए ।
महाअभियोग प्रस्ताव पनि विभिन्न प्रस्तावमध्ये एउटा प्रस्ताव हो र यो पनि विचाराधीन अवस्थामा पुगिसकेको हुनाले यसको छलफल पनि निरन्तर अघि बढ्छ भनेर अपेक्षा गर्न सकिन्छ’ उनले भने ‘‘सम्माननीय सभामुखज्यूले आगामी बैठकमा यो छलफल गर्ने भनेर अघि लगिसकेको कुरा हो ।’
प्रवक्ता पाण्डेका अनुसार संघीय संसदको बजेट अधिवेशनमा पनि महाअभियोग प्रस्ताव पनि बजेट अधिवेशनमा छलफल हुनसक्नेछ । अनलाइनखबर बाट सभार









Discussion about this post