महेन्द्रनगर – कलाकार सँगै समाजसेवाबाट चिर परिचित नाम हो भोजराज जोशी ( क्वालिटी) पछिल्लो समय समस्यामा परेको हरेक ठाउँमा सहयोग गर्दै आएका भोज राज जोशी क्वालिटी को राजनीति तिर चासो बढेको देखिन्छ। अहिले उनी प्रत्येक ठाउँबाट स्वतन्त्र युवा उम्मेदवार हरू उठाइरहनु भएका छन्। राजनीति फोहरी खेल भएता पनि यसलाई सुधार गर्न र भ्रष्टाचारमा रोक लगाउन युवाहरूले राजनीतिमा हुनुपर्ने उनको भनाइ छ ।
पार्टीमा भए माथिका नेताहरूको आदेशमा चल्नुपर्ने र आफ्नो भिजनको हिसाबले काम गर्ने नपाइने उहाँले बताउनु भयो। अब सबै ठाउँ बाट स्वतन्त्र युवाहरू उठाएर अबको नेतृत्व युवाको हुनुपर्छ भन्दै सुदूरपश्चिमको सबै जिल्लामा अहिले स्वतन्त्र युवा उम्मेदवार हरू तयार गरिरहेको र लगभग ५०% भन्दा बढी ठाउँमा युवा उम्मेदवार तयार भइसकेको भोज राज जोशी (क्वालिटी) ले बताउनु भयो।









Discussion about this post