Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जिल्ला र गाउँ तहमा गठबन्धन हुनसक्छ : महामन्त्री विश्वप्रकाश शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धन सँगै या एक्लै चुनावमा जाने विषय टुंगो लगाउने बताएका छन् ।

उनले अहिले कांग्रेसको ’घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलिरहेकाले गाउँ तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने÷नगर्ने टुंगो लाग्ने बताए । संखुवासभाको खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केन्द्रमा गठबन्धन गर्ने निर्णय नभए पनि जिल्ला र गाउँ तहमा गठबन्धन हुनसक्ने बताए । केन्द्रले गठबन्धन गरे पनि त्यो जिल्लास्तरमा लागू हुन नसक्ने पनि बताए । ’यसको अन्तिम टुंगो केन्द्रीय समितिले चैतको तेस्रो साता लगाउने छ’, उनले भने, ’वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुन्छ, कसैले शंका नगरौं ।’

महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानबाट कांग्रेसले मुख्य आठ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताए । ’कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाएको छ’, उनले भने, ’जनताको जीवन रक्षालाई प्रधान विषय बनाएका छौं ।’

महामन्त्री शर्माले कांग्रेसले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनले यो अभियानमा कांग्रेसलाई मात्र नभई अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताए । ’अभियानमा जाँदा कांग्रेसले कुनै पनि पार्टीलाई आरोप–प्रत्यारोप नलगाई जनताका कुरामा विशेष चासो राख्छ’, उनले भने, ’विशेष गरेर समृद्धि, संस्कार, संगठनलाई नयाँ ढंगले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुन्छौं ।’ दीपेन्द्र शाक्यले ekantipur.com मा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व