सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानीलाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो। थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्।
उनी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए। कार्यकारी निर्देशक छनोट समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र थानीको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।
आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पर्धाबाटै बाहिरिएपछि बाँकी १५ आवेदकबाट तीन जना छानिएका थिए। थाहा खबर बाट सभार









Discussion about this post